मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १९ आइतबार १६:४२:००
Read Time : < 1 मिनेट
समाचार

नेविसंघका सभापतिले गरे पदभार ग्रहण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १९ आइतबार १६:४२:००

नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति राजिव ढुंगानाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा केन्द्रीत हुन सबैलाई आग्रह गरेका छन् । १६ माघको केन्द्रीय कार्य समिति बैठकबाट सभापतिमा मनोनित भएपछि उनले आइतबार पद भारत ग्रहण गर्दै संगठनमा आबद्ध विद्यार्थीलाई स्ववियु निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् ।

उनले स्ववियु निर्वाचन मिनी जनमत भएकाले सरकारले जनमतको दुरुपयोग गरेकाे हुँदा पाठ सिकाउनु पर्ने बेला आएकाे बताए । ‘दुई तिहाइको सरकारले जनताको पक्षमा काम गरेकाे छैन, काण्डले राजनीति भरिएकाे छ, देशको संविधानलाई मिच्ने गरी ऐन कानुन ल्याइरहेको छ,' उनले भने, 'स्ववियु निर्वाचनमा नेविसंघलाई विजयी गराएर सर्वसत्तावाद सरकारलाई पाठ सिकाउन अपिल गर्दछु ।’

ढुंगाना, महामन्त्रीहरु मनोज वैद्य र महेश्वरी कुँवरले आइतबार नेविसंघको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् ।