मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १९ आइतबार १६:३८:००
Read Time : < 1 मिनेट
समाचार

भुक्तानी नपाएका उखु किसान तेस्रो चरणको आन्दोलनकाे तयारीमा

Read Time : < 1 मिनेट
२०७६ माघ १९ आइतबार १६:३८:००

सरकारसँग भएको सहमती बमोजिम भुक्तानी नपाएपछि उखु किसानले तेस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका छन् । 

किसानले काठमाडौंमा आन्दोलन गरेपछि सरकारले उखु किसानसँग ७ माघ भित्र बक्यौता भुक्तानी गराउने लिखित प्रतिवद्धता जनाएको थियो ।

सहमती बमोजिम सरकारले दिनुपर्ने अनुदान तथा उद्योगले बाँकी राखेको भुक्तनी नपाएपछि संघर्ष समितिले आन्दोलनका विभिन्न कार्यक्रम बनाएको हो ।

समितिले आइतबार विज्ञप्ती जारी ४ चैतदेखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालिन रिले अनसन बस्ने कार्यक्रम तय गरेको छ ।

किसानले पाउन बाँकी भुक्तानीको विवरण संकलन गर्ने, एकछाक मात्र खाने, किसानलाई काठमाडौं उतार्न प्रचार कार्यक्रम चलाउनेलगायत आन्दोलनका कार्यक्रम समितिले बनाएको छ ।

विज्ञप्तीमा उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र उखु किसान रामविलास महतोले हस्ताक्षर गरेका छन् । 

किसानहरुको मागमा सरकार गम्भीर नभए आन्दोलनबाट उत्पन्न हुने परिणामको जिम्मेवार सरकार हुनुपर्ने संर्घष समितिका अध्यक्ष रायले चेतावनी दिए ।