Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ माघ १९ आइतबार १०:४२:००
Read Time : < 1 मिनेट
समाचार

सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक जना गम्भीर घाइते 

Read Time : < 1 मिनेट
२०७६ माघ १९ आइतबार १०:४२:००

सर्लाहीको गोडैतामा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराती गोडैता नगरपालिका-७ मोहन चोकमा नम्बर नखेलेको सवारीको ठक्करबाट बिआर ३० एच ६७९८ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ । 

मोटरसाइकलमा सवार मलंगवा नगरपालिका–२ बस्ने २० वर्षका उपेन्द्र सोनारको घटना स्थलमै र अर्का २० वर्षकै राजेन्द्र यादवको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको हो । शनिबार राती नम्बर नखुलेको सवारीको ठक्करबाट घाइते यादवको जिल्ला अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।मृतक दुवैको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । उनीहरु हिरापुरबाट मलंगवा जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

यसैबीच लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । शनिबार राती लालबन्दी नगरपालिका-१६ भोर्लेनीस्थित रानिगञ्ज-परवानिपुर भित्रि सडकमा मोटरसाइकलको ठक्करबाट घइते भएकी ७० वर्षीया जोककुमारी थापाको पनि उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ । 

प्रहरीले वृद्वा थापालाई ठक्कर दिने ना १९ प २१६० नम्बरको मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका–१७ रानिगञ्जस्थित पूर्वपश्चिम लोकमार्गमा भएको अर्को दुर्घटनामा सोही स्थानमा बस्ने ५५ वर्षीया बोधकुमारी पौडेल गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ । ना ४५ प ३६५९ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी पौडेलको उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको हो ।