१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १९ आइतबार १०:३२:००
Read Time : < 1 मिनेट
समाचार

ओली-प्रचण्डबीच छलफल हुँदै गर्दा बालुवाटारमा पुगे प्रधानसेनापति थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १९ आइतबार १०:३२:००

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफलमा रहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापा बालुवाटार पुगेका छन् ।

बालुवाटार स्रोतका अनुसार, अध्यक्षद्वयबीच विहान १० बजेदेखि सचिवालय बैठकका बारेमा छलफल भइरहेका बेला प्रधानसेनापति थापा बालुवाटार पुगेका हुन् । बालुवाटार पुग्नुको यकिन कारण खुल्न नसकेपनि प्रधानमन्त्री ओलीसँग नियमित भेटघाटका लागि प्रधानसेनापति बालुवाटार पुगेको हुनसक्ने बताइएको छ ।

दिउसो ११ बजे देखि हुने नेकपा केन्द्रीय कमिटीको बैठकअघि ११ बजे नेकपा सचिवालय बैठक बस्दैछ र सोको तयारीका लागि अध्यक्षद्वय बैठकमा छन् ।