मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका सिरहा
२०७६ माघ १९ आइतबार ०८:२६:००
Read Time : < 1 मिनेट
समाचार

बालिका मृत्यु प्रकरणमा आमासहित चारजना प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका सिरहा
२०७६ माघ १९ आइतबार ०८:२६:००

सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरस्थित आफ्नै घरमा आमासँगै सुतेका वेला आगलागीमा मृत्यु भएकी भनिएकी १४ वर्षीया बालिका मृत्यु प्रकरणमा प्रहरीले आमासहित चारजना नियन्त्रणमा लिएको छ । 

सम्बन्धविच्छेद गरी अलग बस्दै आएका सुशान्त नायकले छोरीको पूर्वपत्नीले नै जलाएर हत्या गरेको आरोप लगाइरहेका वेला प्रहरीले शनिबार दिउँसो ३५ वर्षीया आशा नायकसहित चारजनालाई पक्राउ गरेको हो । शनिबार नै छिमेकी रामनारायण महासेठ र उनकी पत्नीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक सलोनी नायक मिर्चैयास्थित टाइम्स स्कुलमा कक्षा ६ मा पढिरहेकी थिइन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले घटनाको अनुसन्धान गर्न सोधपुछका लागि आमासहित चारजनालाई ल्याइएको स्विकारे पनि नाम भने खुलाउन चाहेनन् । 

पतिसँग अलग भएको करिब ६ महिनापछि गत ९ साउनमा आशाले रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीमा छोरी र छोराको २० लाखको २५ वर्षे र १५ वर्षे बाल सुलभ जीवन बिमा गराएको भेटिएको छ । बिमा कम्पनीका अभिकर्ता धर्मु मण्डलले आशाले छोरी सलोनीको २५ वर्षका लागि १५ लाख र छोरा आदर्शको पाँच लाख रुपैयाँको १५ वर्षे बाल सुलभ जीवन बिमा गराएको बताए ।