१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ माघ १७ शुक्रबार १६:५६:००
Read Time : < 1 मिनेट
समाचार

मेरो सोच २० वर्षका युवाकाे भन्दा कमजोर छैन : राजिव ढुंगाना

Read Time : < 1 मिनेट
२०७६ माघ १७ शुक्रबार १६:५६:००

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले आफ्नो उमेर विषयलाई लिएर एकअर्कामा फाटो ल्याउने प्रयास गरिएको बताएका छन् ।

बिहीबार  सभापति शेरबहादुर देउवाले ढुंगानाको नेतृत्वमा तदर्थ कार्यसमिति बनाएको भोलिपल्ट उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उमेरको विषयमा विवाद गर्नुभन्दा एकजुुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

‘मेरो उमेरलाई लिएर हामी-हामी बिचमा फाटो ल्याउने प्रयास गरिंदै छ,’ ढुंगानाले लेखेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव मिति नजिकिंदै गर्दा नेविसंघ एकजुट भएर अखिलसँग चुनाव भिड्ने बेला आएको बताउँदै अध्यक्ष ढुंगानाले त्यसका लागि मनमुटाव त्याग्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘एजजुट हौं हामीहरु। अखिलसँग चुनाव भिडने बेला आउँदै छ । मनमुटाव त्यगौं। अखिललाई हामी बिचमा खेल्न रोकौं ।’  

उमेरको हल्ला फिजाइएको भन्दै आफू ४६ वर्षको भए पनि सोच २० वर्षको युवा विद्यार्थीको भन्दा कमजोर नभएको दाबी गरेका छन् । ‘उमेरले गर्ने केही होइन तर पनि म ४६ मात्र हुँँ । यहाँ हल्ला फिजाइयो ५२/५३ भन्दै  । मेरो सोच २० वर्षका युवा विदार्थीको  भन्दा कमजोर छैन ।’

ढुंगानाले  नयाँ बिचारले विद्यार्थीको भविष्य निर्माणमा सधैं लागि रहने पनि बताएका छन् ।