१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १७ शुक्रबार १४:५५:००
Read Time : > 1 मिनेट
राजनीति

नेविसंघमा १२ औं महाधिवेशनदेखि मात्र उमेर हद लागू हुन्छ : राजिव ढुंगाना

Read Time : > 1 मिनेट
२०७६ माघ १७ शुक्रबार १४:५५:००

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । नेविसंघको विधानमा ३२ वर्षमूनिको विद्यार्थी नेतालाई अध्यक्ष बनाउनु पर्ने प्रावधान विपरित ४६ वर्षीय राजिव ढुंगानालाई पार्टीले नेतृत्व दिएपछि आलोचना भइरहेको छ । 
यसै सन्दर्भमा अध्यक्ष ढुंगानासँग गरेकाे कुराकानीको सम्पादित अंश 

मलाई पार्टीले विशेष अवस्थामा नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्ष बनाएको छ । विशेष अवस्था यस कारण छ, किनभने नेविसंघको १२ औं महाधिवेशन सम्पन्न हुन नसकेको र ११ औं महाधिवेशनबाट आएको समिति विघटन भएको अवस्थामा छ ।  नेविसंघ गठन हन नसकेको अवस्थामा र निकट भविष्यमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने भनेर विश्वविद्यालयले तयारी गरिरहेको अवस्थामा म अध्यक्ष भएको छु । यो अवस्था अत्यन्तै गहन र महत्वपूर्ण छ । 

असन्तुष्टकाे मागमा चित्तबुझ्दो समाधान खोजिन्छ 
पार्टी कार्यालयमा अनशन बस्नेहरूसँग कुरा भइरहेको छ । सबै एक ठाउँमा उभिएर काम गर्ने वातावरण आउँछ । उहाँहरूको असन्तुष्टमा चित्तबुझ्दो समाधान खोजिन्छ । सरकारले जनताको पक्षमा काम गर्न छाडेर जनविरोधी काम, संविधान मिच्ने काम गरेको छ ।  कांग्रेस मात्रै होइन, सबै प्रजातान्त्रिक शक्तिहरू एक भएर सरकारका गलत कामविरद्ध लाग्नुपर्छ । समयको यो आवश्यकतालाई सबै साथीहरूले मनन् गर्दे एकै ठाउँमा उभिनुपर्छ । म त्यो परिस्थिति बनाउन लागेको छु । 

विधान अनुसार नै कार्यसमिति 
विधान विपरित कार्यसमिति बनाइएको होइन । गलत हल्ला चलाइयो । नेविसंघको विधानको धारा ५ को उपधारा ५ मा स्पष्ट लेखिएको छ, आगामी १२ औं महाधिवेशनदेखि नेपाल विदार्थी संघमा उमेर हद लागू हुनेछ । १२ औं महाधिवेशन भनेर स्पष्ट किटान गरिएको छ । यो कार्यसमिति भनेको निरन्तरता हो । ११ औं महाधिवेशनबाट आएको कार्यसमितिले महाधिवेशन गर्न नसकेपछि त्यसलाई रिप्लेस गर्न बनेको समिति हो । ११ औं महाधिवेशनको निरन्तरता हो । विधान विपरित भन्ने त कहिँकतै छैन । त्यसको गलत प्रचार कसले गरायो ? त्यस्तो होइन । 

उमेरको गलत प्रचार 
मभन्दा अगाडि रहनु भएको अध्यक्ष र मेरो उमेर बराबर हो । फरक होइन । म ३२ भन्दाभन्दा मूनिको नागरिकता बनाएर आएको पनि होइन । यो कुरा सबैलाई थाहा छ । ४६ वर्षीय हो भनेर । 

पार्टी र नेविसंघको काम ‘फ्युुजन’ भएर जिम्मेवारी 
नेविसंघको १२ औं महाधिवेशनपछि नेविसंघ केन्द्रीय समिति विघटन भयो । त्यसपछि पार्टीले बनाएको समितिले अधिवेशन गराउनुपर्ने अवस्था आयो । नेविसंघलाई राम्रोसँग बुझेको, नेविसंघमा लामो समयदेखि काम गरेको र पार्टीसँग नजिक भएको हुनाले पार्टीको सोच अनुसार म छानिएँ ।  म पार्टीको महासमिति सदस्य हुँ । पार्टीको काम र नेविसंघको काममा फ्युुजन भएर मलाई जिम्मेवारी दिइएको हो ।