मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शान्ता कमली
२०७५ माघ ३ बिहीबार १०:२६:००
Read Time : < 1 मिनेट
प्रदेश

एक सय २० विद्यालय पुनर्निर्माण

Read Time : < 1 मिनेट
शान्ता कमली
२०७५ माघ ३ बिहीबार १०:२६:००

भूकम्पले भत्काएका लमजुङका १ सय २० विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएका छन् । भवन भत्काएपछि टहरामा पठन–पाठन हुँदै आएका यी विद्यालयहरू पुनर्निर्माणपछि नयाँ भवनमा सरेका छन् । 

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय लमजुङका अनुसार शिक्षा विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाको मापदण्डअनुसार नै भवन पुनर्निर्माण भएका हुन् । भूकम्पले पूर्ण रूपमा क्षति भएका २ सय ७० विद्यालय भवनमध्ये १ सय २० भवन पुनर्निर्माण भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायण 
रेग्मीले बताए । 

उनका अनुसार भूकम्पले क्षति पुर्‍याएका विद्यालयको पुनर्निर्माण र आंशिक क्षति पुगेका विद्यालयको मर्मत गरिएको छ । भूकम्पबाट क्षति भएका २ सय ८५ विद्यालय भवनको मर्मत सम्पन्न भएको छ । उनका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ७५ वटा विद्यालय दुईकोठे, तीनकोठे १३ वटा, चारकोठे नौ भवन पुनर्निर्माण सक्ने कार्यक्रम थियो । यसका लागि १५ करोड ५४ लाख बजेट विनियोजन भएको थियो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)बाट आव ०७३/७४ मा दुईकोठे तीन, तीनकोठे तीन र चारकोठे दुईवटा विद्यालय पुनर्निर्माणका लागि २ करोड ८३ लाख ५० हजार बजेट प्राप्त भएको थियो । आव ०७४/७५ मा शिक्षा विभागबाट दुईकोठे २५ वटा, चारकोठे आठवटा विद्यालय र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाबाट दुईकोठे ३ वटा, तीनकाठे ३ वटा र चारकोठे दुईवटा विद्यालय पुनर्निर्माणका लागि २ करोड ८३ लाख ५० हजार बजेट प्राप्त भएको थियो । यस्तै, आब ०७५/७६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)बाट दुईकोठे १२ वटा, तीनकाठे ३ र चारकोठे १४ विद्यालय भवन निर्माणका लागि १० करोड २४ लाख आएको छ ।