१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १७ शुक्रबार ०६:४८:००
Read Time : < 1 मिनेट
समाचार

बलात्कारपछि ११ वर्षीया बालिका हत्या प्रकरण : दुई अभियुक्तलाई आजीवन कैद सजाय

Read Time : < 1 मिनेट
२०७६ माघ १७ शुक्रबार ०६:४८:००

११ वर्षीया बालिकालाई बलात्कार गरेर हत्या गर्ने दुई अभियुक्तलाई जिल्ला अदालत मोरङले आजीवन (बाँचुन्जेल) काराबास सजाय हुने फैसला गरेको छ । एक वर्षअघि विराटनगर महानगरपालिका ८ की  ११ वर्षीया बालिका रूपमती दासको बलात्कारपछि हत्या भएको थियो । 

बालिकालाई अपहरण गरी सामूहिक बलात्कारपछि हत्या गर्र्ने सोही ठाउँका २५ वर्षीय अब्बास अन्सारी र १९ वर्षीय चन्दु महतोलाई बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश तेजबहादुर खड्काले बाँचुन्जेल कैद सजाय हुने फैसला सुनाएका हुन् ।

अदालतले पीडित परिवारलाई ५ लाख क्षतिपूर्ति भराउन पनि फैसाल गरेको छ । हाल पुर्पक्षका लागि हिरातसमा रहेका दुवै अभियुक्तले फौजदारी अपराध संहिता ०७४ को दफा ४१ र दफा १७७ को उपदफा २ अनुसार जीवित रहेसम्म जेलमा बस्नुपर्ने फैसला अदालतले गरेको छ  ।

अभियुक्त अब्बास र महतोले  १२ माघ ०७५ मा छिमेकमा साँझ टिभी हेर्न गएकी बालिकालाई अपहरण गरी मुख थुनेर सामूहिक बलात्कार गरेर हत्या गरेका थिए । अपहरणको भोलिपल्ट बालिकाको शव घरनजिकैको सिंघिया खोलाको किनारमा नग्न अवस्थामा फेला परेको थियो । मोरङ प्रहरी र प्रदेश अनुसन्धान ब्युरोले १७ दिन लामो अनुसन्धापछि उनीहरूलाई पक्राउ गरेको थियो । अब्बास र महतोविरुद्ध प्रहरीले अदालतमा जबरस्ती करणी र कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरेको थियो ।