मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १६ बिहीबार १८:०४:००
Read Time : < 1 मिनेट
समाचार

अनसन बसेका नेविसंघका विद्यार्थीप्रति शेखरले जनाए ऐक्यवद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १६ बिहीबार १८:०४:००

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सानेपामा अनसनरत विद्यार्थी प्रति ऐक्यवद्धता जनाएका छन् । 

बिहीबार पार्टी कार्यालय सानेपामा आमरण अनसनमा बसेका विद्यार्थीहरुसँग भेट गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस नेतृत्वले नेविसंघको विधान विपरित नेतृत्व चयन गरेकाले विद्यार्थीहरु आमरण अनसनमा बस्नु परेको बताए ।

नेता कोइरालाले पार्टी नेतृत्वले नेविसंघको विधान विपरित काम गरिरहेको पनि बताए । उनले नेविसंघको विधानमा ३२ वर्ष माथिको व्यक्ति नेतृत्वमा नरहने व्यवस्था रहेको तर पार्टी नेताहरुको भागवण्डाले गर्दा उमेर हदलाई ख्याल नगरेको उल्लेख गरे । उनले ९ वटा महामन्त्री बनाउनु भागवण्डाको राजनीति भएको प्रस्ट भएको बताए ।

नेता कोइरालाले पार्टी सभापति र वरिष्ठ नेता आएर अनसनमा बसेका विद्यार्थीहरुको मागलाई सम्बोधन गर्नुपर्नेमा उल्टै बिहीबार मात्रै तीन जनालाई मनोनयन गरेको बताए । नेविसंघको नेतृत्वमा पार्टीले विधान विपरित मनोनयन गरेको भन्दै विद्यार्थीहरु पार्टी कार्यालय सानेपामा चार दिनदेखि आमरण अनसनमा बसेका छन् ।