१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १६ बिहीबार १२:५१:००
Read Time : < 1 मिनेट
समाचार

यौंन व्यवसाय सञ्चालक वडाअध्यक्षसहित ६ जना पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १६ बिहीबार १२:५१:००

 यौंन व्यावसाय संचालन गरेको आरोपमा दक्षिणकालि नगरपालिका–४ का  वडाअध्यक्ष पुष्कर खड्कासहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  वडाअध्यक्ष खड्कासँगै काठमाडौं महानगरपालिका-१६ का बृजगोपाल श्रेष्ठ र भारतीय नागरिक नवल ठाकुर रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरुसँगै पक्राउ परेका अन्य तीन महिलाको नाम भने खुलाइएको छैन । सानेपास्थित कांग्रेसको पार्टी कार्यालय नजिकै रहेको एउटा चार तल्ले घरमा  यौन व्यवसाय सञ्चालन भैरहेको सूचना पाएपछि  महानगरीय प्रहरी प्रभाग सानेपाले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले माघ १० मा छापा मार्दा वडाअध्यक्ष खड्कासहित तीनजना पुरुष र तीनजना महिला पक्राउ परेको प्रभागका प्रमुख प्रहरी निरिक्षक कोशिव जोसीले बताए । 

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार पक्राउ परेका उनीहरुलाई अनुसन्धान गरी मानव बेचविखनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका तीन जना महिला यौंन पेशामा लागेका महिला हुन्, भने वडाअध्यक्ष खड्का र श्रेष्ठ यौंन व्यावसाय  सञ्चालक हुन् ।