मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ३ बिहीबार ०६:३२:००
Read Time : < 1 मिनेट
अर्थ

अल्फाबिटा अस्ट्रेलिया एजुकेसन फेयर शुक्रबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ३ बिहीबार ०६:३२:००

अल्फाबिटाले आगामी शुक्रबार अस्ट्रेलिया एजुकेसन फेयर गर्ने भएको छ । अस्ट्रेलियाका विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधिले एकैठाउँबाट विद्यार्थी र अभिभाकलाई सूचना दिने उद्देश्यले मेला आयोजना गर्न लागेको अल्फाबिटाका प्रेसिडेन्ट तथा सिइओ द्विराज शर्माले जानकारी दिए ।

 मेलामा अस्ट्रेलियाका २५ विश्वविद्यालय तथा कलेजको सहभागिता रहने उनले जानकारी दिए । उनका अनुसार मेलाले विद्यार्थीलाई अस्ट्रेलियाको शैक्षिक प्रणाली, विश्वविद्यालय, पढाइ हुने कोर्सलगायत विषयमा सूचना दिनेछ । मेलाका अवसरमा सहभागी विद्यार्थीले सो दिन अल्फाबिटाले उपलब्ध गराउने आइइएलटिएस, पिटिई, टोफललगायतका तयारी कक्षामा ५० प्रतिशत छुट पाउनेछन् । मेलामा करिब २ हजार विद्यार्थी सहभागी हुने आयोजकको अपेक्षा छ ।

गुणस्तरीय शिक्षाका लागि योगदान गरेबापत अल्फाबिटाले सन् २०१७ तथा २०१८ मा आइडिपीको नम्बर १ बिजनेस पार्टनर र सन् २०१७ को नेपाल बिजनेस एक्सेलेन्स, अवार्डअन्तर्गत सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ ।