खेलकुद
इपीएल : काठमाडौं विरुद्ध विराटनगर ब्याटिङ गर्दैै
Read Time : < 1 मिनेट
२०७५ पौष २ सोमबार १३:००:००
काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिगकाे समुह चरणको अन्तिम खेलमा काठमाडौं किंग्स इलाभेनले टस जित्दै विराटनगर वारियर्सलाई ब्याटिङको निम्तो दिएको छ । ६ ओभरको खेल सकिदा विराटनगरले २ विकेट गुमाई ४२ रन जोडेको छ । विराटनगरका लागि अनिल शाह ६ रन बनाउदा केभिन अाेब्राएनकाे बलमा बाेल्ड भए भने बाबर हायात ११ रन बनाइ अाउट भए । विराटनगरका कप्तान पारस खड्का १८ रन बनाइ क्रिजमा छन् ।
प्ले अफ यात्रा पक्का गर्न विराटनगर अाजकाे खेलमा जित अावश्यक पर्नेछ । आजको खेलमा पराजित भए विराटनगर र चितवन मध्ये एक टोलिलार्इ रनरेटका अाधारमा प्ले अफका लागि छनौट हुनेछ । काठमाडौं यसअघि नै प्ले अफ का लागि छनौट भइसकेको छ ।