१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मिना बुढाथोकी सल्यान
२०७६ माघ १४ मंगलबार २०:५७:००
Read Time : < 1 मिनेट
समाचार

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

Read Time : < 1 मिनेट
मिना बुढाथोकी सल्यान
२०७६ माघ १४ मंगलबार २०:५७:००

मोटरसाइकल दुर्घटनामा परी सल्यानमा एक शिक्षकको ज्यान गएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका-६ स्थित कल्लेखोलामा रा ३ प ७००० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दार्मा गाउँपालिका-१ रानीपानी निवासी ४२ वर्षीय शिक्षक टेक बहादुर केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानबाट दाङतर्फ जाँदै गरेको मोटरसाइकल मंगलबार अपराह्न दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल लगेको केही समयमा नै मृत्यु भएको प्रहरी बताएको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र बस चालकलाई जयचौर प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दार्मामा अध्यापन गराउँदै आएका केसी नेपाल शिक्षक संघ दार्मा गाउँपालिकाका अध्यक्षसमेत थिए ।