मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १४ मंगलबार २०:३४:००
Read Time : < 1 मिनेट
समाचार

एचआइभी सङ्क्रमितले जन्माए सुरक्षित शिशु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १४ मंगलबार २०:३४:००

चितवनमा जिल्लाको विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ६ जना नयाँ एचआइभी सङ्क्रमित व्यक्ति भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६ सय ४६ को परीक्षणका क्रममा ती नयाँ सङ्क्रमण भेटिएको हो । सङ्क्रमितमध्ये एक सय ४ जनाले नियमित औषधि सेवन गर्दै आएका छन् ।

सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार एचआइभी सङ्क्रमितलाई क्षयरोगबाट जोगाउन ७ सय २ जनालाई औषधि प्रदान गरिएको छ । गत वर्षमा ६ सङ्क्रमितले सुरक्षित बच्चा जन्माएका थिए । गत वर्ष १३ सङ्क्रमितले औषधि सेवन गर्न छाडेको उनले जानकारी दिनुभयो । जिल्लामा अहिले सङ्क्रमितको सङ्ख्या नाै सय ९१ पुगेको छ ।