Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १४ मंगलबार १८:५२:००
Read Time : < 1 मिनेट
समाचार

उखु किसानको भुक्तानीबारे कृषिमन्त्री माैन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १४ मंगलबार १८:५२:००

कृषि तथा पशुपंछी विकास मन्त्री घनश्याम भुसाल उखु किसानले चिनी उद्योगीबाट भुक्तानी नपाएको बारे माैन रहेका छन् । मंगलबार मन्त्रालयमा सञ्चारकर्मी भेटघाट कार्यक्रममा उनले उखु किसान र गरिमा धान पीडितबारे राखेको जिज्ञासामा पछि जवाफ दिने बताए । 

सञ्चारकर्मीले उखु किसानले भुक्तानी नपाएको र गरिमा धान पीडितका विषयमा जिज्ञासा राख्दा मन्त्री भुसालले सुझावका रुपमा लिएको बताउँदै अहिले आफूले बुझिरहेको र पछि जवाफ दिने बताएका हुन् । ‘तपाईहरुले उठाएका प्रश्न दफावार टिपेको छु’ उनले भने, ‘कुनै दिन यसरी नै बसेर जवाफ दिने छु । यो कबुल गर्छु ।’