मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १४ मंगलबार १८:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

'क्याबिनेट' मन्त्री बन्न श्रीमानको सुझावमा राज्यमन्त्री झाको राजीनामा

Read Time : < 1 मिनेट
२०७६ माघ १४ मंगलबार १८:४८:००

प्रदेश २ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले मंगलबार राजीनामा दिएकी छन् । प्रदेश सरकारको काम कारवाहीप्रति असन्तुष्टी जनाउँदै उनले राजीनामा दिएकी हुन् । 

मुख्यमन्त्री मोहम्मद लालबाबु राउत सर्लाहीमा रहेको बेला राज्यमन्त्री झाले सञ्चार माध्यममार्फत राजीनमा दिएको घोषणा गरेकी हुन् । प्रदेशमा मन्त्रिपरिषद पुर्नगठन हुने अवस्था देखेर पुन: मन्त्री बन्ने उद्देश्यले राजीनामा दिएको राजपा नेपालका एक नेताले जानकारी दिए ।

झा राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् । राजपातर्फका मन्त्रीहरु परिर्वतन हुने सम्भावनालाई देखेर अध्यक्ष मण्डलका सदस्य झाले नै श्रीमतीलाई राजीनामा गराई क्यविनेट (फूल) मन्त्री बनाउन प्रयास थालेका छन् ।