मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ १४ मंगलबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार

ताक्लाकोटमा नेपाली कामदार अलपत्र

Read Time : < 1 मिनेट
२०७६ माघ १४ मंगलबार १७:१९:००

रोजगारीका लागि चीनको पुराङ ताक्लाकोट पुगेका नेपाली कामदार भारी हिमपातका कारण अलपत्र परेका छन् ।

नाम्खा गाउँपालिका–५ को पाँच हजार मिटर उचाइमा रहेको नारा लेकमा भारी हिमपात भएपछि ताक्लाकोट जाने बाटो अवरुद्ध भएको सिमकोट–४ की रिन्जिन आमु लामाले बताइन् ।  रोजगारीको खोजीमा नाम्खा र सिमकोटका धेरै नेपाली ताक्लाकोट जाने गरेका छन् । 

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले भने आफूलाई ताक्लाकोटमा नेपाली कामदार अलपत्र परेको विषयमा केही जानकारी नआएको बताए ।

केही महिना पहिले स्थानीयले रकम जम्मा गरेपछि निजी हेलिकोप्टरबाट केहीको उद्दार गरिएको भन्दै उनले अलपत्र परेका कामदारको उद्दार कसरी गर्ने भन्ने विषयमा छलफल आवश्यक भएको बताए ।

हेलिकोप्टर लैजान गृहमन्त्रालयबाट अनुमति लिनुपर्ने भन्दै उनले औपचारिक जानकारी आए पहल गरिने बताए ।