मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका सुर्खेत
२०७६ माघ १४ मंगलबार ११:५७:००
Read Time : < 1 मिनेट
समाचार

तीन महिने बालकको गुप्ताङ्ग कुकुरले खाइदियाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका सुर्खेत
२०७६ माघ १४ मंगलबार ११:५७:००

कालिकोट रास्कोट नगरपालिका ३ का तीन महिने बालकको गुप्ताङ्ग अर्थात लिङ्ग कुकुरले चुडालेर खाई दिएको छ । घरमा कोर्काेमा सुतिरहेका बालकको गुप्ताङ्ग सोमबार अपरान्ह ४ बजे कुकुरले खाएकाे बालककाे परिवारले जनाएकाे छ । कुकुरले बालकको लिङ्ग चुडाएर रगताम्य बनाई दिएको थियो । 

बालकको गुप्ताङ्ग कुकुरले खाएपछि उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको र स्वास्थ्य चौकीले थप उपचारका लागि जिल्ला अस्पतालमा रिफर गरेको बालकका हजुरबुवा नाम्चे दर्जीले बताए । 

बालकको अवस्था गम्भीर रहेको र परिवारको आर्थिक अवस्था पनि कमजोर रहेको स्थानीय राम दर्जीले जानकारी दिए । ‘घटनापछि बालकको अवस्था गम्भीर छ,’ उनले भने ‘बालकको परिवारकाे आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा पनि समस्या परेको छ ।’