१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १३ सोमबार २०:०४:००
Read Time : > 1 मिनेट
समाचार

मन्त्रीहरुले संसदको बेवास्ता गरेकाले गण्डकी प्रदेश सभा बैठक स्थगित

Read Time : > 1 मिनेट
२०७६ माघ १३ सोमबार २०:०४:००

सभामुखको रुलीङ मन्त्रीहरुले बेवास्था गरेसंगै गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ ।
गण्डकी प्रदेश सभा नियमावलीको नियम ५७ को २ अनुसार बैठकको शुन्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको उत्तर सम्वधित मन्त्रीले सात दिनभित्र दिनुपर्ने भए पनि मन्त्रीहरुले त्यसको वेवास्था गरेसगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नियमापत्ती र अवरोधपछि बैठक स्थगित भएको हो ।

सोमवार बैठक सुरु भएसंगै शुन्य र विशेष समयमा संसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सामाजिक विकास मन्त्री नरदेवी पुन र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखवहादुर थापाले सभामा यस अघि उठेका आ–आफना मन्त्रालयसंग सम्वन्धित विषयमा जवाफ दिएका थिए । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले मन्त्री पुनलाई ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक’ पेश गर्न  समय दिए सगै नेपाली काग्रेसका सांसद कुमार खड्काले नियमापत्ती गदै मन्त्रीहरुले जवाफ दिनु पर्ने र नदिए बैठक चल्न नसक्ने बताएसंगै कांग्रेसका सवै सांसदहरु आ–आफनो स्थानमा उठेका थिए ।

त्यसपछि सभामुखले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्ररेललाई दलको भनाई राख्न समय दिए । आफनो भनाई राख्ने क्रममा पोख्ररेलले सरकारका मन्त्रीहरु आफैले वनाएको नियम मान्दैनन भने नियम कस्सले मान्छ ? भनि प्रश्न गरेका थिए । यो कांग्रेसको मात्र नभै सदन कै अपमान भएको भन्दै उनले नियम कानुनको पालना गर्न सरकारलाई आग्रह गरेका थिए । उनको भनाई सगै सभामुखले चार वजेसम्मका लागि बैठक स्थतीत गरेका थिए । 

कार्य व्यवस्था समितिमा कुनै सहमती नभएपछि ४ वजे बैठक पुनः सुरु भएको थियो । बैठक सुरुसगै काग्रेसका सांसदहरु आ आफनो स्थानवाट पुनः उठेका थिए । सभामुखले सांसदहरुलाई आ–आफनो सिटमा बस्न आग्रह गरि संसद चलाउन खोजे पनि उनीहरु नबसेपछि सभामुखले मंगलवार ११ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएका थिए ।