मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका तनहुँ 
२०७६ माघ १३ सोमबार १८:४६:००
Read Time : < 1 मिनेट
समाचार

अनैतिक कार्यमा संलग्न चार जोडी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका तनहुँ 
२०७६ माघ १३ सोमबार १८:४६:००

प्रहरीले अनैतिक कार्यमा संलग्न भएकाे अाराेपमा चार जोडीलाई नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका–१२ जलविरेस्थित एक हाेटलबाट आइतबार राति प्रहरीले चार जोडीसहित होटेल सञ्चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । 

होटेलमा अनैतिक कार्य भइरहेको गुनासो बढेपछि प्रहरीले छापा मार्दा उनीहरु नियन्त्रणमा परेका हुन् । सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँमा उनीहरुविरुद्ध अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले राजमार्गमा हुने जाँचलाई कडाइ गरेको छ भने लागु औषध कारोबारीमा संलग्नलाई पक्राउ गरेको छ ।