Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ माघ १३ सोमबार १८:३५:००
Read Time : < 1 मिनेट
समाचार

लागु औषधसहित युवक पक्राउ

Read Time : < 1 मिनेट
२०७६ माघ १३ सोमबार १८:३५:००

जिल्ला प्रहरी कार्यालय लमजुङले लागु औषधसहित एक युवक पक्राउ गरेको छ । सुन्दर बजार नगरपालिका-९ भोटे ओडार बस्ने वर्ष २१ का क्षितिज तामाङ पक्राउ परेका हुन् ।

लमजुङका प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङका अनुसार तामाङलाई शुक्रबार उनकै घरबाट पक्राउ गरिएको हो । उनको साथबाट डाइजोपाम १ सय ६५ थान, नर्फिन १ सय ६७ थान, फेनारगन १ सय ६७ थान, टुप्पो फुटी तरल पदार्थ नभएको डाइजोपाम १० थान, टुप्पो फुटी तरल पदार्थ नभएको नर्फिन १० थान, टुप्पो फुटी तरल पदार्थ नभएको फेनारगन १० थान, मोबाइल एक थान, कैची एक थान र सिरिन्ज ३३ थानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई लागु औषध मुद्दा चलाइएको गुरुङले बताए ।