समाचार
इटहरीका मेयर द्वारिकलालले हटाए १२ कर्मचारी, भन्छन् - संघले पठाउँदै गर्छ, हामी हटाउँदै गर्छाैं
Read Time : < 1 मिनेट
२०७६ माघ १३ सोमबार १७:१३:००
इटहरी उपमहानगरपालिकामा करार तथा ज्यालादारीमा काम गर्ने १२ कर्मचारी हटाइएको छ ।
अधिकांश स्वास्थ्य सेवाका कर्मचारीको करार नवीकरण नै नगरेकोले निकालिएका छन् ।
१२ मध्ये नौ जना स्वास्थ्य सेवाका कर्मचारी रहेका छन् । संघीय सरकारले पठाएकाे भन्दै उपमहानगरको खर्च कटौती गर्न हटाएको मेयर द्वारिकलाल चौधरीले बताएका छन् ।
‘केही भ्रष्ट कर्मचारी पनि थिए, यही लटमा विदा गरियो,’ उनले भने, ‘संघले पाठाउँदै गर्छ । हामी यहाँ कटौती गर्दै जान्छौ ।'
ति कर्मचारीकाे पुस मसान्तमा करार सकिएको मेयर चौधरीले बताए ।