१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७६ माघ १३ सोमबार १६:५४:००
Read Time : < 1 मिनेट
अर्थ

नागरिक लगानी कोष अन्य वित्तिय संस्था जस्तो होइन : अर्थमन्त्री खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाै‌
२०७६ माघ १३ सोमबार १६:५४:००

अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई अन्य बैंक तथा वित्तीय संस्थासँग तुलना गर्न नमिल्ने बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको सोमबार बसेको बैठकमा मन्त्री खतिवडाले नागरिक लगानी कोषले नाफा कमाउने उद्देश्य राखे पनि बैंकहरु जस्तो नाफामुखी संस्था नभएकाले यसलाई फरक ढंगले हेर्नु पर्ने बताएका हुन । उनले कोषको पूँजी केही कम भए पनि फरक नपर्ने समेत बताए । उनले ट्रष्टी संस्थाको रुपमा बचतकर्ताको योगदानलाई फाइदा दिने गरी कोषले काम गर्ने बताए ।

उनले सर्वसाधारणको समेत सहभागिता होस भन्ने उद्देश्यले कोषमा २० प्रतिशत स्वामित्व सर्वसाधारणको रहने व्यवस्था गरिएको बताए । कोषले पूँजी बजारमा लगानी गर्ने र मार्केट मेकरको रुपमा काम गर्ने भएकाले यसको प्रकृति बैंकहरुको जस्तो नभएको उल्लेख गरे । 

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष जस्ता निकायले सामाजिक सुरक्षाको काम गर्ने भएकाले भविष्यमा यी संस्थाहरुलाई एकीकरण गर्न सकिने सम्भावना रहेको बताए ।