मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १३ सोमबार १५:३६:००
Read Time : > 1 मिनेट
समाचार

गणित विषयलाई पाठ्यक्रम प्रारुपबाट हटाईए आन्दोलनमा जाने विज्ञहरुको चेतावनी

Read Time : > 1 मिनेट
२०७६ माघ १३ सोमबार १५:३६:००

पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको नयाँ पाठ्यक्रममा गणित विषयलाई ओझेलमा पारिएकोे बताँउदै गणित विषयका विज्ञहरुले आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

गणित विषयलाई पाठ्यक्रमको प्रारुपबाट हटाउन खोजिएको भन्दै उनीहरुले काठमाडौंमा कार्यक्रम आयोजना गरी आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

गणित विज्ञानको पनि विज्ञान भएको भन्दै पाठ्यक्रम प्रारुपमा गणितलाई अनिवार्य गरिनुपर्ने उनीहरुको माग छ ।

आफूसँग कुनै परामर्श नगरी पाठ्यक्रम प्रारुपको समितिमा विज्ञको रुपमा राखेकोमा पाठ्यक्रम विकास केन्द्रका विषय समितिका अध्यक्ष प्रा.डा. राममान श्रेष्ठले आपत्ति जनाए ।

जानकारी विना नै आफुलाई समितिमा राखिएको र पाठ्यक्रमको प्रारुप सार्वजानिक भएपछि मात्रै आफुलाई समितीको विज्ञमा रहेको थाहा भएको उनले बताए । उनले भने, 'बैठकमा मलाई कहिल्यैपनि बोलाईएन, र म गएको पनि छैन ।’

विज्ञान पढ्ने विद्यार्थीलाई गणित अनिवार्य र अरु विषयलाई ऐच्छिक राख्नुपर्नेमा त्रि.वि. गणित केन्द्रीय विभागका प्रमुख प्रा.डा. टंकनाथ धमलाले जोड दिए ।  

‘स्कुलमा गणित विषयमा अनुतिर्ण भएको डेटा देखाउँदै ११ र १२ कक्षामा गणित कठिन भयो भन्नु लज्जास्पद रहेको प्राध्यापक धमलाले बताए ।  गणित तथा विज्ञानका विद्यालाई ओझेलमा पार्नु दुःखको विषय भएको टिप्पणी गर्र्दै नेपाल गणित समाजका सभापति प्रा.डा. चेतराज भट्टले दातृ संस्थाले दिएका अनुदानलाई हेरेर उत्तिर्ण प्रतिशत बढाउने नाममा गणितलाई यसरी ओझेलमा पार्नु गलत भएको उनको भनाई छ । 

हालै त्रि.वि.को ईन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षामा गणितको अंकभार ४० बाट बढाएर ५० बनाएको जनाउँदै त्रि.वि. ईन्जिनियरिङ संस्थानका सहायक डिन प्रा.डा. ज्ञानबहादुर थापाले गणितको महत्वलाई दर्शाए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल गणित समाजका सह–सचिव तथा केन्द्रीय गणित विभागका उपप्रध्यापक डा. जिवन काफ्लेले ‘पाठ्यक्रम विकास केन्द्रले ल्याएको पाठ्यक्रम प्रारुप खच्चडजस्तो रहेको बताए  । यस्तो खालको पाठ्यक्रम प्रारुपले सिर्जना र आविष्कार गर्न नसकिने उनको भनाई छ ।

पाठ्यक्रम विकास केन्द्रले भने गणित विषयलाई नहटाएको बताउँदै आएको छ । पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेश भट्टराईले गणित विषयलाई एकलपथिए पाठ्यक्रम निमार्ण गर्दा चार वटा समुहभित्र समावेश गरिएको बताए ।