मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १३ सोमबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार

म्युजिक कम्पनीविरुद्ध गायक र संगीतकारले दिए प्रहरीमा उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १३ सोमबार १४:३२:००

म्युजिक कम्पनीले प्रतिलिपी अधिकार हनन् गरेको भन्दै सोमबार महानगरीय प्रहरी परीसर काठमाडौंमा उजुरी दिएका छन् ।

गायक तथा संगीतकार सत्यराज आचार्य, स्वरूपराज आचार्य र अर्का गायक तथा संगीतकार राजन इशानले उजुरी हालेका हुन् । सत्यराज र स्वरूपराज आचार्यले पिता गायक तथा संगीतकार भक्तराज आचार्यको गीत विना अनुमति म्युजिक कम्पनीहरूले अवैध रूपमा डिजिटल संसारमा बिक्रिवितरण गरिरहेको  र आम्दानीबारे कुनै जानकारी नदिएकोले उजुरी हालेको बताएका छन् । उनीहरुले भने, ‘स्रष्टाको प्रतिलिपि अधिकार हनन् भएकाले उजुरी हालेका हौं ।’

ईशानले म्युजिक कम्पनीहरूले अवैध रूपमा ५५६ वटा साइटमा बिक्री गरेका कारण उजुरी हालेको बताएका छन् । उनले नयाँ पत्रिकासँग भने,  ‘मेरो एउटा गीत अनुमति नलिइ तीन म्युजिक कम्पनीहरूले ५५६ साइटमा बिक्री गरिरहेको पाइएकाले प्रतिलिपी अधिकार ऐन ०५९ अनुसार उजुरी हालेको हुँ ।’

महाशाखा प्रमुख एसएसपी उत्तमराज सुवेदीले उजुरी अध्ययन गरेर कानुनी प्रक्रियामा जाने बताए । उनले भने,  ‘अध्ययन गरेर कानुनी प्रक्रिया लाग्छौं ।’

प्रहरी परीसमा उजुरी दिन पुगेका स्रष्टासँगै संगीतकार संघका महासचीव पारस मुकारुङ, संगीतकार संघका संरक्षक लक्ष्मण शेष, गीतकार संघका महासचिव बसन्त बित्यासी थापा, संगीतकार अष्ट लामालगायत दर्जनौं स्रष्टा तथा सर्जकहरूको उपस्थिति थियो ।