मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १३ सोमबार ११:३५:००
Read Time : < 1 मिनेट
समाचार

छुट्दै आस्था राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १३ सोमबार ११:३५:००

त्रिभुवन विमानस्थलमा कार्यरत् सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोमा प्रहरी नियन्त्रणमा रहेकी आस्था राउतप्रति प्रहरी नरम बनेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा रहेकी आस्था अन्य अभियुक्त सरह कैदी कोठामा समेत बस्नु परेको छैन । उनलाई समान्य कानुनी प्रक्रिया गरेर छाड्ने तयारी भइरहेको छ । 

दुर्व्यवहारको आरोपमा आफुमाथि  पक्राउ पुर्जी जारी भएपछि आस्था सोमबार बिहान  आफै  प्रहरी परिसरमा उपस्थित भएकी थिइन् । प्रहरीसँग आस्थाले आफुबाट विमानस्थल भएको घटनाप्रति माफि माग्दै प्रहरीलाई सहयोग गर्ने बताइन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवत्ता होविन्द्र बोगटीले भने ‘आस्था राउतले आफुमाथि लागेको आरोपको विषयमा स्वयं प्रहरी कार्यालयमा आएर कारवाही प्रक्रियालाई सहयोग गर्छु भन्नु भएको छ । कानुनको सम्मान गर्दै आफुमाथि लागेको आरोपको विषयमा स्वयं प्रहरी कार्यालयमा उपस्थित भएकोले  प्रहरीले पनि उनलाई सोही अनुसारको व्यवहार गर्ने छ । ’ 

परिसरले उनलाई कानुनी प्रक्रियाको लागिमात्र म्याद थपका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको छ । कागजी प्रक्रिया पूरा गरेर आजै आस्थालाई छाडने तयारी भैरहेको परिसर स्रोतले जनाएको छ ।