मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रञ्जन भण्डारी महोत्तरी
२०७६ माघ १२ आइतबार २१:१३:००
Read Time : < 1 मिनेट
समाचार

२१ तोला सुन गहनासहित एक पक्राउ

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी महोत्तरी
२०७६ माघ १२ आइतबार २१:१३:००

महोत्तरीमा लाखौँ रुपैयाँ बराबरको सुनको गहनासहित एक व्यक्ति पक्राउ परेका छन् ।

बा.१२ च ५०७६ नम्बरको इकोस्पोर्ट कारमा सवार मुखियापट्टी मुसरनिया गाउँपालिका– ४ का दीपक महतोको साथबाट चेकजाँचका क्रममा २१ तोला ३२ लाल सुनको गहना बरामद् भएको हो ।

सशस्त्र प्रहरीले चेकजाँचका क्रममा भारतको मधुवनीबाट नेपालको धनुषा तुल्सियाही आउँदै गरेका महतोको साथबाट उक्त गहना बरामद् गरेको हो । चेकजाँचका क्रममा गहनाको कुनै आधिकारिक कागजात देखाउन नसकेपछि गहनासँगै महतोलाई कारसहित नियन्त्रणमा लिएर बिओपी मटिहानीले जलेश्वर भन्सार कार्यालय बुझाएको छ ।

जलेश्वर भन्सार कार्यालयका प्रमुख केशव भण्डारीले सशस्त्र प्रहरीले सुनको गहनासहित एकजनालाई भन्सारमा बुझाएको बताए । उनले आवश्यक कारबाही अगाडि बढाइएको भन्दै सोमबार गहनाको गुणस्तर जाँच गरिने बताए ।