१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १२ आइतबार १५:११:००
Read Time : < 1 मिनेट
समाचार

पुसमै बिदेशिए ५२ हजार नेपाली कामदार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १२ आइतबार १५:११:००

वैदेशिक रोजगार विभागले पुस महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । उक्त सार्वजनिक विवरणअनुसार श्रम स्वीकृति लिएर ८४ मुलुकमा ५२ हजार २ सय २५ नेपाली कामदार विदेशिएका छन् । 

मंसिर महिनाको तुलनामा पुसमा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमा वृद्धि भएको छ । विभागको तथ्याङ्क अनुसार संस्थागत रूपमा विदेशिनेको संख्या २७ हजार ४ सय ४२ रहेका छ । 

विभागको विवरणमा श्रम स्वीकृति लिएर सबैभन्दा बढी मलेसिया गएका छन् । मलेसिया जानेको संख्या ७ हजार ८ सय ६२ रहेको छ । लामो समय बन्द भएर खुलेको  हुनाले मलेसिया जानेको संख्या बढी रहेको विभागले जनाएको छ । 

यस्तै साउदी अरबमा ६ हजार ३ सय ३९, यूएइमा ६ हजार २ सय ८८, कतारमा ५ हजार १ सय ४५ नेपाली वैदेशिक रोजगारका लागि गएका छन् । 

अदक्ष कामदार धेरै 
नेपाल सरकारले विदेशिने कामदारको लागि सीप तालिमलाई प्राथमिकतामा राखेपनि हालसम्म दक्ष कामदारको संख्या न्यून छ । 

सरकारले वैदेशिक रोजगारीका लागि जाने व्यक्तिका लागि न्यूनतम ३० दिने (१६० कार्यघण्टा) सीपमूलक तालिम अनिवार्य लिएको हुनुपर्छ । विभागले १५ असार २०७६ देखि सीपमूलक तालिम लिएकालाई मात्रै श्रम स्वीकृति दिने घोषणा गरेको थियो । 

वैदेशिक रोजगार बोर्ड सचिवालयले सीपयुक्त कामदार पठाउनका लागि कार्यक्रम तथा अभिमुखिकरण तालिममा करोडौं खर्चेको छ । तर, पुस महिनामा विदेशिएका अदक्ष कामदारको संख्या २९ हजार ९ सय ६५ छ ।