मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ११ शनिबार २३:१३:००
Read Time : < 1 मिनेट
खेलकुद

भ्यालेन्सियाको मैदानमा बार्सिलोनाको लज्जास्पद हार

Read Time : < 1 मिनेट
२०७६ माघ ११ शनिबार २३:१३:००

लिग लिडर बार्सिलोना भ्यालेन्सियासँग उसकै मैदानमा ०–२ गोलअन्तरले पराजित भएको छ । हारसँगै बार्सिलोनाले शीर्ष स्थानको मजबुत अवस्था गुमाएको छ । शनिबार रातिको खेलमा शीर्ष स्थानको बार्सिलोनालाई हराउन म्याक्सी गोमेजले एक गोल हाने । अर्को गोल भ्यालेन्सियाले उपाहारस्वरुप पायो । 

खेलको नवौं मिनेटमै भ्यालेन्सियाले पेनाल्टी पाए पनि बार्सिलोनाका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै गोल हुनबाट जोगाएका थिए । तर खेलको दोस्रो हाफको तीन मिनेटमै भ्यालेन्सियाका म्याक्सी गामेजले हानेको प्रहार जोडी अल्बालाई लागेपछि उक्त बल गोलमा परिणत भएको थियो । 

त्यस्तै खेलको ७५ मिनेटमा म्याक्सी गोमेजले नै टोलीलाई २–० को स्पष्ट अग्रता दिलाए । फेरान टोरेसको पासमा गोमेजले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै भ्यालेन्सियालाई जिततर्फ उन्मुख गराएका थिए ।

जितसँगै भ्यालेन्सिया लिगको पाँचौ स्थानमा उक्लिएको छ । हारपछि पनि बार्सिलोना २१ खेलबाट ४३ अंक जोडेर लिगको शीर्ष स्थानमा कायमै छ । एक खेल कम खेलेको रियल म्याड्रिड समान अंकसहित गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । आइतबार रियल म्याड्रिले भालाडोलिडसँग खेल्नेछ ।