मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १८:४८:००
Read Time : < 1 मिनेट
विश्व

अन्तरिक्ष स्टेसनमा मिठाई बनाउन सफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १८:४८:००

अन्तरिक्ष यात्रीले पहिलाे पटक 'इन्टरनेशनल स्पेस स्टेसन'मा कुकिज, चकलेट र चिप्स (मिठाई) बनाएका छन् । स्टेसनमा गत डिसेम्बरमा विशेष चुल्हाे (ओवन आइएसएस) लगिएकाे थियाे । चुल्हाेले शून्य गुरूत्वोकार्षणमा पनि काम गर्न सक्ने समाचारमा जनाइएकाे छ । जसकाे माध्यमबाट स्पेस स्टेसनमा खाने सामाग्री बनाउन सम्भव भएकाे हाे ।

स्पेस स्टेसनमा कुकिज बनाउन पृथ्वीमा भन्दा दुई घण्टा बढी समय लागेकाे थियाे । इटलीकी अन्तरिक्ष यात्री लुसा परमितानोले कुकिज बनाएकी थिइन् । उनले बनाएकाे कुकिज पृथ्वीमा बनेकाे जस्तै देखिएकाे थियाे । अन्तरिक्ष यात्रीहरूले ती कुकिज पृथ्वीमा पठाएकाे छ, जुन ह्युस्टन ल्याबमा सुरक्षित राखिएकाे छ ।

परमितानोले गत डिसेम्बरदेखि कुकिज बनाउने काम सुरू गरेकी थिइन् । उनले जम्मा पाँच वटा कुकिज बनाएकी हुन् । अन्तरिक्षमा उनीहरूले कुकिजबाहेक चकलेट र चिप्स पनि बनाएका छन् । एजेन्सी