मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ माघ ११ शनिबार १७:१९:००
Read Time : < 1 मिनेट
खेलकुद

बिग ब्यासमा सन्दीपको घातक बलिङ, टि ट्वान्टीमा ९९ विकेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ माघ ११ शनिबार १७:१९:००

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग ब्यास क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

उनी आबद्ध मेलबर्न स्टार्सले खेल हारे पनि सन्दीले चार ओभरमा घातक बलिङ गर्दै १६ रन मात्र दिए । यस क्रममा उनले एक विकेट पनि लिए ।

टस जितेर ब्याटिङ गरेको ब्रिसबेन हिटले पूरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो । उसका लागि दक्षिण अफ्रिकाका एबिडी भिलियर्सले सर्वा्धिक ३७ बलमा ७१ रन बनाए ।

टि ट्वान्टीमा विकेट संख्या ९९ पु¥याउने क्रममा उनले १२ औं ओभरको चौथो बलमा क्रिस लिनलाई क्याच आउट गराउन सफल भए ।

सातौ ओभरमा तीन रन मात्र दिएका उनले हरेक ओभरमा प्रायः डट बल दिएका थिए । यद्यपि सन्दीपको टिम ७१ रनले पराजित भएको छ ।