१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : बिजनेसइनसाइडर
रासस वुहान
२०७६ माघ ११ शनिबार १७:१०:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरस नियन्त्रण गर्न वुहानमा थप ५४० सैन्य स्वाथ्यकर्मी परिचालन

Read Time : < 1 मिनेट
रासस वुहान
२०७६ माघ ११ शनिबार १७:१०:००

कोरोना भाइरसबाट चीनमा शनिबारसम्म १२ सय ८७ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य अधिकारीहरुले घोषणा गरेका छन् । 

बिरामी मध्ये २३७ जना गम्भीर अवस्थामा रहेका जनाइएको छ । कोरोनाका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ ।

चीनबाट अन्य देशहरुमा पनि फैलिन थालेको कोरोना भाइरस नियन्त्रणका लागि थप स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । अत्यन्त धेरै विरामीहरु रहेको वुहानमा ४५० चिनियाँ सैन्य स्वाथ्यकर्मीहरु ल्याइएको सरकारी अधिकारीहरुले जानकारी दिए । टोलीमा इबोला र यस्तै भाइरसको संक्रमण नियन्त्रणका लागि अनुभवी व्यक्तिहरु पनि रहेका छन् ।

उनीहरुलाई तीन समूह बनाएर खटाइएको छ । सैनिकको चिकित्सा विश्वविद्यालय, जल सेना र हवाई सेनाबाट टोली बनाएर खटाइएको हो ।  

उनीहरु हवाई यातायातमार्फत् शुक्रबार राति वुहान पुगेका हुन् । श्वासप्रस्वास सम्बन्धी विज्ञ, संक्रमण नियन्त्रण विज्ञ, सघन उपचार कक्षमा काम गर्नेहरु टोलीमा रहेका छन् ।  

वुहानका अस्पतालहरुमा कोरोना भाइरसका विरामीहरुको भिड लागेको स्थानीय स्वास्थ्यकर्मीहरुले जनाएका छन् । ती बिरामीहरु निमोनियाका पनि रहेका छन् । संक्रमणलाई नियन्त्रण गर्न स्वयमसेवकहरु पनि परिचालन गरिएको छ ।