मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १७:०९:००
Read Time : < 1 मिनेट
खेलकुद

वेस्ट इन्डिजका अलराउन्डर स्मिथले इपिएलमा भेषवाकरको टिमबाट खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १७:०९:००

वेस्ट इन्डिजका अलराउन्डर ड्वेन स्मिथले आगामी संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । सो कुराको पुष्टि उनले सामाजिक सञ्जालमार्फत गरेका हुन् । 

उनले सामाजिक सञ्जालमार्फत आफूले शरद् भेषवाकरको टिमबाट क्रिकेट खेल्ने उल्लेख गरेका हुन् । त्यस्तै, दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाले पनि इपिएल खेल्ने बताइसकेका छन् । आगामी चैतमा आयोजना हुने इपिएलमा विश्व क्रिकेटका चर्चित खेलाडीहरू आउने क्रम जारी छ । 

स्मिथ उनै खेलाडी हुन् जसले सन् २०१४ को टि ट्वान्टी विश्वकप प्रतियोगितामा बंगलादेशविरुद्ध ७२ रन हानेका थिए । जसबाट उनको करिअर उकालो लागेको थियो ।