मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ११ शनिबार १६:४३:००
Read Time : < 1 मिनेट
सप्तरंग

अजयको ‘तानाजी’ २ सय करोड क्लबमा प्रवेश

Read Time : < 1 मिनेट
२०७६ माघ ११ शनिबार १६:४३:००

अजय देवगन स्टारर फिल्म ‘तानाजी  : अनसंग वारिअर’ले बक्स अफिसमा दुई सय भारुको आँकडा पार गरेको छ । रिलिजको तेस्रो सातासम्म फिल्मले यो रेकर्ड बनाएको हो ।

१० जनवरीमा संसारभर एकैपटक रिलिज भएको फिल्मले बक्स अफिसमा सोही दिन रिलिज भएको दीपिका पादुकोणको ‘छपाक’लाई निकै पछि छोडेको छ । त्यस्तै २४ जनवरी अर्थात् शुक्रबारबाट प्रदर्शनमा आएको ‘पंगा’ र ‘स्ट्रिट डान्सर’ सँगको प्रतिस्पर्धामा पनि फिल्म खरो रुपमा उत्रिएको छ । 

१६७० मा भारतमा भएको सिंहगढको युद्धमा मराठाले स्वराजका लागि लडेको लडाइँलाई मुख्य कथा बनाएर बनाएर बनाइएको यो फिल्म अभिनेता अजय देवगणको १०० औ फिल्म हो । फिल्ममा अजयको अलावा काजोल, सैफ अलि खानलगायत कलाकार छन् । फिल्म थ्रीडी भर्सनमा बनाइएको हो ।