मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ११ शनिबार १२:४४:००
Read Time : < 1 मिनेट
समाचार

ओलीले देउवालाई बालुवाटार बोलाए, डेढ घण्टा ठट्टा गरेर बिताए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ११ शनिबार १२:४४:००

सत्तारुढ नेकपाका दुबै अध्यक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिबीच शनिबार बालुवाटारमा भएकाे वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

‘एक घण्टाभन्दा लामो छलफल त भयो, तर कुनै निष्कर्ष निस्केन’ शीर्ष नेतात्रयबीचको वार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, ‘किन हामीलाई बोलाइयो, त्यो नै हामीले थाहा पाउन सकेनौँ ।’

खासमा शनिबार विहान ओली–प्रचण्डबीचमा छलफल हुने कार्यक्रम थियो । शुक्रबार अपरान्ह ४ बजे अध्यक्षद्वयबीच हुने भनिएको कार्यक्रम शनिबार विहानका लागि सारिएको थियो । तर शनिबार विहान ओलीले प्रचण्डमात्र होइन, देउवालाई पनि छलफलका लागि बालुवाटार बोलाए ।

मेलमिलाप तथा सत्य निरुपण र बेपत्ता छानविन आयोगका विषयमा छलफल गर्नका लागि प्रचण्डसहित देउवालाई बालुवाटार बोलाइएको थियो । ‘तर, यी विषयमा खासै छलफल भएन’ कांग्रेस नेता लेखकले गुनासो गरे, ‘प्रधानमन्त्रीले पहिलेजस्तै ठट्टा गरेर समय बिताइदिनुभयो ।’

प्रचण्डलाई साथमा राखेर देउवासँग गरेको छलफललगत्तै ओलीले प्रचण्डसँग पनि छलफल गरेका थिए । तर, त्यो छलफल पनि १५ मिनेट भन्दा लामो हुन सकेन ।