मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका सिरहा
२०७६ माघ १० शुक्रबार १८:४९:००
Read Time : < 1 मिनेट
समाचार

कपडा बैंकमा संकलित कपडा विपन्न वस्तीमा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका सिरहा
२०७६ माघ १० शुक्रबार १८:४९:००


सिरहाको तीन विपन्न वस्तीमा कपडा वितरण गरिएको छ । दीप फाउन्डेशनले स्थापना गरेको ‘कपडा बैंक’मा संकलित कपडा यि वस्तीमा वितरण गरिएको हो ।  
फाउन्डेशनले चिसोबाट जोगिन विपन्न परिवारलाई आवश्यक पर्ने न्यानो कपडा संकलन गर्न कपडा बैंक स्थापना गरेको थियो ।

सिरहा नगरपालिका ११ भलुवाही, वडा नम्बर १९ सन्हैठा र वडा नम्बर २२ हकपाराका मुसहर वस्तीमा कपडा वितरण गरिएको फाउन्डेशनका कार्यकारी निर्देशक जितेश कर्णले बताए ।
महिना दिनमा संकलन भएको कपडा विपन्न वस्तीका बालबालिका र जेष्ठ नागरिकलाई वितरण गरिएको कर्णले बताए । तीन वटै वडाका विपन्न वस्तीका २ सय वढी बालबालिकालाई कपडा वितरण गरिएको फाउन्डेशनले जनाएको छ । कपडासँगै बालबालिकालाई मिठाई पनि वितरण गरिएको थियो ।