मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १० शुक्रबार १३:०४:००
Read Time : > 1 मिनेट
समाचार

परराष्ट्रमन्त्री ज्ञवाली बंगलादेश जाँदै, यी हुन् छलफलका एजेण्डा  

Read Time : > 1 मिनेट
२०७६ माघ १० शुक्रबार १३:०४:००

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ६ फागुनमा बंगलादेशको दुई दिने औपचारिक भ्रमणमा जाने भएका छन् । बंगलादेशका उच्च अधिकारीसँगको भेटवार्तामा ज्ञवालीले नेपाल र बंगलादेशबीच विस्तृत कनेक्टिभिटी सम्झौता, ऊर्जा व्यापार, लगानी, नेपाली बस्तुलाई बंगलादेशमा पहुँच विस्तारलगायतका बिषयमा छलफल गर्ने कार्यसूची तयार भएको छ।

‘परराष्टमन्त्रीको भ्रमण फागुन ६ र ७ मा हुने तय भएको छ’ बंगलादेशका लागि नेपाली राजदूत डा. बंशीधर मिश्रले ढाकाबाट टेलिफोनमा भने, ‘भ्रमणका लागि हामी बंगलादेशको परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेका छौँ ।’  बंगलादेशका समकक्षी डा‍. एके अब्दुल मोमेनको निमन्त्रणामा बंगलादेश जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीका साथमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु पनि हुनेछन्।
  
नेपाल र बंगलादेशबीच यो वर्ष उच्चस्तरीय भ्रमण आदानप्रदान भइरहेको छ । यसै वर्ष बर्ष बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपालको औपचारिक भ्रमण गरेका छन् भने प्रधानसेनापति पूर्णचन्द्र थापाले यसै हप्ता बंगलादेशको औपचारिक भ्रमण गरेका छन् । यसबाहेक बंगलादेशका प्रधानसेनापति अजिज अहम्मद २४ माघमा नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । 

विस्तृत कनेक्टिभिटीको प्रस्ताब

राजदूत डा. मिश्रका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा बंगलादेशसँग नेपालले विस्तृत कनेक्टिभिटीमा जोड दिनेछ।

बंगलादेश र भारतबीच सतह मार्ग, जल मार्ग, व्यापार र हवाई सम्पर्कसहितको विस्तृत कनेक्टिभिटीमा सहकार्य भइरहेको पृष्ठभूमिमा नेपालले पनि त्यही अनुसार सहकार्य गर्ने प्रस्ताव गरेको हो । यसमा दुवै पक्षबीच छलफल भइरहेको जानकारी उनले दिए । 

‘बंगलादेशको ढाकाबाट काठमाडौंको हवाई सम्पर्क त छँदैछ, अब त्यहाँका क्षेत्रीय विमानस्थलबाट नेपालका पनि विराटनगर, लुम्बिनीजस्ता क्षेत्रीय विमानस्थलमा हवाई सम्पर्क विस्तार गर्नुपर्छ भन्ने हाम्रो जोड छ’ उनले थपे।  

बंगलादेश र भारतबीच सतह मार्ग, जल मार्ग, व्यापार र हवाई सम्पर्कसहितको विस्तृत कनेक्टिभिटीमा सहकार्य भइरहेको पृष्ठभूमिमा नेपालले पनि त्यही अनुसार सहकार्य गर्ने प्रस्ताव गरेको हो । यसमा दुवै पक्षबीच छलफल भइरहेको जानकारी उनले दिए । 

नेपाल र बंगलादेशबीच सतह मार्गबाट जनस्तरको आवतवाजतमा कठिनाई भइरहेको बिषयमा पनि छलफल हुनेछ । यसैगरी दुई देशबीच सीधा बस र कार्गो यातायात सहजीकरणबारे छलफल हुनेछ । 

त्यसबोहक बंगलादेश र भारतबीचको रेलवे कनेक्टिभिटीमा नेपाल पनि जोडिने बिषयमा छलफल हुनेछ भने कोशी, गंगा हुँदै बंगलाबन्द बन्दरगाहमा जल यातायात मार्फत् कनेक्टिभिटीका लागि भविष्यमा सम्झौता गर्ने बिषयमा पनि यो भ्रमणमा छलफल हुने कार्यक्रम छ । गंगा नदीबाट पूर्वोत्तर भारतमा जलयातायात प्रभावकारी छ । 

नेपाल र भारतबीच बंगलादेशसम्म ऊर्जा पुर्याउन डेडिकेटेड विद्युतीय प्रशारण लाइन बनाउने सहमति भइसकेको छ । यसको कार्यान्वयन मोडालिटीका बिषयमा पनि परराष्टमन्त्री ज्ञवालीको भ्रमणमा छलफल हुनेछ । 

प्रशारणलाइनमार्फत् नेपालले बंगलादेशलाई भविश्यमा ऊर्जा बिक्री गर्नेछ । नेपालको जलविद्युतमा बंगलादेशबाट हुने लगानीका बिषयमा पनि छलफल गर्ने कार्यक्रम छ ।यसबाहेक नेपालले नेपाली वस्तु व्यापारको पहुँचमा भएको असहजता हटाउन बंगलादेशलाई आग्रह गर्नेछ । वस्तु व्यापार सहजीकरणका लागि नेपाल र बंगलादेशबीच ‘प्रिफरेन्सियल टेड एग्रिमेन्ट’ गर्न नेपालले पहिले नै प्रस्ताव गरिसकेको छ । यसबारेमा पनि परराष्ट्रमन्त्रीको भ्रमणक्रममा थप छलफल हुनेछ ।  

नेपाली वस्तु निर्यातमा राजश्व र भन्सार धेरै तिर्नुपर्ने अवस्था हटाउनुपर्ने नेपाली पक्षको भनाई छ । नेपालबाट बंगलादेशमा चिया, फकी अम्रिसो, दालचिनीको निर्यात हुँदै आएको छ । तर, बंगलादेशको आन्तरिक कानून नेपाली बस्तुलाई बंगलादेशमा सहज प्रवेशका लागि सहज नभएको नेपालको गुनासो छ ।