मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २ बुधबार २१:३१:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानसेनापति स्वदेश फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २ बुधबार २१:३१:००

प्रधान सेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । 

भारतका स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा गत २७ पुसमा भारत भ्रमणमा गएका थापाले ६ दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका हुन् । 
नेपाल सरकारको निर्णय बमोजिम भारत भ्रमणको क्रममा २८ पुसमा उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए । 

भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षीस्थल सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नुका साथै नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेज, जयपुरस्थित साउथ वेस्टन कमाण्डको र लखनउस्थित सेन्ट्रल कमाण्डको मुख्यालयको निरीक्षण भ्रमणसमेत गरे ।