मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ९ बिहीबार १८:४२:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना भाइरस नेपाल आइपुगेको छैन : सरकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ९ बिहीबार १८:४२:००

सरकारले ‘कोरोना भाइरस’ अहिलेसम्म नेपालमा नदेखिएको तर सतर्कता अपनाइएको जनाएको छ ।

चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङकङ, ताइवान, अमेरिका, अष्ट्रेलियालगायतका मुलुकमा फैलिएको छ । तर नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखापरेमा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफलसमेत भएको छ । छलफलपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।

निर्देशक डा. पाण्डेले ‘कोरोना भाइरस’ भएको शंका लाग्ने बित्तिकै विशेष एम्बुलेन्समार्फत अस्पतालसम्म पु¥याउने व्यवस्थासमेत गर्न लागिएको बताए । उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन हस्पिटल, टिचिङ हस्पिटललगायतका अस्पतालहरूमा उपचार गर्न सकिने व्यवस्था मिलाइएको थियो ।

निर्देशक डा. पाण्डेले ‘कोरोना भाइरस’बाट अहिलेसम्म डराउनुपर्ने अवस्था नरहे पनि एक प्रजातिबाट अर्को प्रजातिमा सजिलै सर्ने भएकाले र मानिसहरूमा पनि स्वासप्रस्वासबाट सर्ने भएकाले डरलाग्दो भएको बताए । उनले ‘कोरोना भाइरस’ लागेमा रुघा लाग्ने, ज्वरो आउने र कतिपयलाई निमोनिया हुनेलगायतका लक्षण देखापर्ने र मृत्युसमेत हुने बताए ।

‘कोरोना भाइरस’बाट सुरक्षित रहन सतर्क रहनु नै उत्तम विकल्प रहेको भन्दै निर्देशक डा. पाण्डेले रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने तथा सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताए ।