मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
२०७६ माघ ९ बिहीबार १७:१०:००
Read Time : < 1 मिनेट
समाचार

साग उद्घाटनमा पुग्न नसकेका प्रधानमन्त्री ओली सशस्त्र प्रहरीको कार्यक्रममा पुगे

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १७:१०:००

स्वास्थ्य र व्यस्तताका कारण पूर्वनिधारित कार्यक्रममा उपस्थित हुन नसक्ने प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सशस्त्र प्रहरीले आयोजना गरेको कार्यक्रममा भने पुगेका छन् ।

१० मंसीरमा अचानक पेट दुखेर महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टमा भर्ना भएका प्रधानमन्त्री ओली त्यसयता आयोजित कार्यक्रममा पुग्न सकेका थिएनन् ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) को उद्घाटन समारोहमा प्रधानमन्त्री ओली प्रमुख अथिति तोकिए पनि स्वास्थ्य समस्यमका कारण पुग्न सकेनन् । १५ मंसीरमा उद्घाटन समारोह तोकिएको सो कार्यक्रमको प्रमुख आथित्यता राष्ट्रपति विद्यादेवि भण्डारीले गरेकी थिइन् ।

कार्यक्रमको भव्य उद्घाटन समारोहको भिडियो आइप्याडबाट उनले मनमोहन सेन्टरको आइसीयू शैय्याबाट हेरेका थिए ।

‘सागको भव्य उद्घाटन कार्यक्रम मैले आइप्याडबाट हेरेँ । केही भएन भन्ने प्रतिक्रिया आइरहेका बेला सरकारले केही गर्न सक्छ भनेर हामीले देखाइदिएका छौं,’ सोही दिन प्रधानमन्त्री ओलीले बताएका थिए ।
२५ मंसीरमा सागका विजेता खेलाडीहरूलाई बधाई दिन प्रधानमन्त्री ओलीले खेलाडीहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार डाकेका थिए ।

सक्रियताका साथ सशस्त्रको कार्यक्रममा
सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र मुख्यालय हलचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री हँसिलो र ऊर्जाशील मुद्रामा करिब १५ मिनेट बोले ।

६ माघसम्म सभामुख पदबारे टुङ्गो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग २ माघ देखि चरणवद्ध रुपमा छलफलमा जुटेका ओली त्यस समयमा आयोजित कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित भएनन् ।

५ माघमा पार्टीको सचिवालय बैठक बसेको थियो, त्यसयता कुनै पनि सार्वजनिक कार्यक्रममा उनी उपस्थित थिएनन् ।