मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
जिल्ला प्रशासनमा आत्मसमर्पण गर्दै डिल्लीराम सापकोटा । 
२०७६ माघ ८ बुधबार २१:१५:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव कार्यकर्ताद्वारा आत्मसमर्पण    

Read Time : < 1 मिनेट
२०७६ माघ ८ बुधबार २१:१५:००

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका साधारण सदस्य डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गरेका छन् ।

बागलुङ नगरपालिका–४ का ४५ वर्षीय सापकोटाले बुधबार विप्लव समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाएका हुन् । निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त, प्रहरी उपरीक्षक नवराज भट्ट, राजनीतिक दलका प्रतिनिधिलगायतको रोहबरमा सापकोटाले आत्मसमर्पण गरेका हुन् ।

प्रशासन कार्यालयमा आत्मसमर्पण गर्दै सापकोटाले नेपालको संविधान, कानुन विपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धतासहित पार्टी परित्यागको घोषणा गरेका छन् । सापकोटालाई राज्यविरुद्ध कसुर गरेको आरोपमा गत १७ पुसमा प्रहरीले घरबाटै पक्राउ गरेको थियो ।

पार्टी परित्यागको घोषणापछि सापकोटाले अबदेखि स्वतन्त्र नागरिकको हैसियतमा व्यवसाय गरी बस्ने बताए । आत्मसर्मपणसँगै सापकोटा १० हजार धरौटीमा रिहा भएको निमित्त प्रजिअ पन्तले जानकारी दिए । सापकोटाले प्रतिबद्धताअनुसार गतिविधि र व्यवहार गरे सफाइ पाउने भन्दै निमित्त प्रजिअ पन्तले रिहापछि पनि विप्लव समूहका क्रियाकलापमा संलग्न रहेको देखिए कानुन बमोजिम कारबाही हुने बताए ।