मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ८ बुधबार २०:२९:००
Read Time : < 1 मिनेट
समाचार

सत्तारुढ दलका स्थायी कमिटि सदस्य न्यौपाने भन्छन – ‘पैसा खर्च गर्न नसक्ने शालिन नेताको अब भविष्य छैन’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ८ बुधबार २०:२९:००

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले नेताहरूले जनतासँग भोट किन्ने गरेको बताएका छन् । पैसा खर्च नसक्नेले नेपालमा राजनीति गर्न नसक्ने ठोकुवासमेत उनले गरेका छन् ।

बुधबार काठमाडौंमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको चिनियाँ राष्ट्रपति सि जिङ फिङबारेको पुस्तक सार्वजनीक कार्यक्रममा नेता न्यौपानेले नेपालमा शालिन राजनेताको भविष्य नरहेको समेत ठोकुवा गरे । 

‘नेपालको राजनीतिमा शालिन व्यक्तिका लागि कुनै स्पेस छैन । पैसा खर्च गरेर जनताबाट भोट किनेर चुनाव जित्ने परिपाटी मौलाएको छ,’ उनले भने ।
चीनले आफ्नो संस्कृति र भाषालाई माया गरेर नै आज विश्वमा पहिलो शक्तिका रुपमा उदाएको बताउँदै नेताली नेतामा भने कनिकुथी भए पनि अङ्ग्रेजी बोल्नै पर्ने संस्कार गुम्सिएको उनले बताए ।

नेपालमा अहिले दलाल पुँजीपतिहरू बढेका र यस्ता तप्काबाट जनताको आर्थिक स्थिति सुध्रिन्छ भन्नु हाँस्यास्पद रहेको बताउँदै छिमेकी मुलुकहरूसँग वर्षेनी चुलिँदो व्यापार घाटाको तथ्याङ्कले नेपाल समाजवादसम्म पुग्ने कल्पना नै गर्न नसकिने उनले तर्क गरे । उत्पादन वृद्धि, उपभोक्ताको जीवनस्तर सुधार र व्यापारमा वृद्धि नगरी समाजवादको मात्र कुरा गर्नु अर्थहीन रहेकोसमेत उनको भनाई थियो ।