१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे
२०७६ माघ ८ बुधबार १६:५६:००
Read Time : > 1 मिनेट
अर्थ

कोरिया भाषा सीप परीक्षणको नतिजा सच्याइयो, थप १ सय ३५ उत्तीर्ण

Read Time : > 1 मिनेट
२०७६ माघ ८ बुधबार १६:५६:००


सन २०२० का लागि सन २०१९ मा लिएको सीप परीक्षामा त्रुटी भएको भन्दै कोरियन मानव संशोधन विकास सेवा विभाग(एचआरडी) ले  नतिजा सच्याएको छ । एचआरडीले १४ मंसिरमा लिएको सीप परीक्षाको नतिजामा प्राविधिक समस्या भएको भन्दै पुनः परीक्षण गरी नतिजा सार्वजनिक गरेको छ । 

२०१९ मा ९२ हजार ३ सय ५६ जनाले आवेदन भरेका थिए । त्यसमध्ये ८४ हजार ३ सय ८ जना परीक्षामा सहभागी भएका थिए । उक्त भाषा परीक्षामा १२ हजार १० जनाले उत्तीर्ण भएका थिए । तर कोरियाले कुल १० हजार ५० जना नेपाली श्रमिक लैजाने कोटा निर्धारण गरेको थियो ।  

भाषा परीक्षामा कोटाभन्दा बढी विद्यार्थी पास भए पनि सीप परीक्षणमा भने सबै पास हुन नसकेको इपिएस कार्यालयले जनाएको छ । एचआरडीले सार्वजनिक गरेको सीप परीक्षाबाट ६ हजार ७ सय ७३ जना मात्र उत्तीर्ण भएका थिए । जसमध्ये कृषि पशुपालन र निर्माण दुवैमा ४ हजार २ सय विद्यार्थी सीप परीक्षणमा अनुत्तीर्ण भएका थिए । 

एचआरडीले सार्वजनिक गरिएको नतिजा पारदर्शी नभएको र भाषा परीक्षामा पास भएका विद्यार्थीले पुनः सीप परीक्षामा सामेल हुन पाउनुपर्छ भन्दै वैदेशिक रोजगार विभाग र इपिएस कार्यलयमा माग राखेका थिए । 

माग गरेसँगै विभागका महानिर्देशक भीष्मकुमार भुषाल, इपिएस सेन्टरका निर्देशक पार्क सुङ हि, इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनाल र इपिएस सेन्टरका व्यवस्थापक मुनाल राईको संयुक्त बैठक बसी विद्यार्थीको माग बमोजिम एचआरडीमा पत्र पठाइएको थियो । 
त्यस मागप्रति सम्बोधन गर्दै एचआरडीले गत २९ पुसमा विभागलाई दिइएको स्पष्टीकरणमा १४ मंसिरमा लिइएको सीप परीक्षाको नतिजा मात्र प्राविधिक समस्या भएको जनाएको छ । त्यस्तै, अन्य सबै नतिजा ठिक भएको भन्दै पुनः परीक्षण गरेर नयाँ नतिजा सार्वजनिक गरेको छ । पुनः परीक्षणबाट एक सय ३५ जना थप पास भएको इपिएस कार्यालयका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

पछिल्लो नतिजा सार्वजनिक गरेसँगै २०१९ मा ६ हजार ९ सय ८ जना पास भएका छन् । जसमा ५ हजार ८ सय ५७ पुरुष र एक हजार ५१ महिला पास भएका छन् । 

तर, परीक्षार्थीहरू सार्वजनिक नतिजाप्रति असन्तुष्टि जनाई भाषा परीक्षामा पास भएका विद्यार्थीे आन्दोलनमा उत्रिएका थिए । पटक–पटक आन्दोलनमा उत्रिए पनि विद्यार्थीको माग पुनः सम्बोधन हुन नसक्ने एचआरडीले जनाइसकेको निर्देशक खनालले बताए ।  उनले भने, ‘परीक्षादेखि सीप परीक्षण सबै एचआरडीले गर्ने भएकाले यो हामीले गर्ने विषय होइन ।’ कोरिया जाने सन्दर्भमा विभिन्न परीक्षा पास गनुपर्ने हुन्छ र पक्रियाअनुसार नै लाने गरेको उनको भनाइ छ । 

‘भाषा परीक्षामा पास भएका सबै सीप परीक्षामा पास हुने ग्यारेन्टी हुँदैन, त्यसैले म किन पास भइनँ भन्ने विषयमा विद्यार्थीले दाबी गरेको कुनै अर्थ हुँदैन’ वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्म कुमारले भने ।