१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ ८ बुधबार १६:२८:००
Read Time : < 1 मिनेट
समाचार

खेलकुद विकास समितिको अध्यक्ष चयनमा असन्तुष्टि जनाउँदै नेकपाका ५० जनाले पार्टी परित्याग गरे

Read Time : < 1 मिनेट
२०७६ माघ ८ बुधबार १६:२८:००

जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्ष चयनामा आसन्तुष्टि जनाउँदै तत्कालिन नेकपा एमालेका कार्यकर्ताले बुधबार पार्टी परित्याग गरेका छन् । 

सहमति विपरित समितिको अध्यक्षमा दावा तामाङलाई चयन गरिएको भन्दै तत्कालिन अध्यक्ष तेम्पासिंगी तामाङसहित ५० जना कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।  सामुहिक प्रेस विज्ञप्ति निकाल्दै उनीहरुले नेकपाको साधारण सदस्य पदमा समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । 

तेम्पासिंगी तामाङलाई नै अध्यक्ष पदमा नियुक्ति गर्ने सहमति भएको र अन्तिममा दावा तामाङलाई चयन गरि सक्रिय कार्यकर्तालाई धोका दिएकोे भन्दै विज्ञप्ती जारी गरि सामुहिक रुपमा पार्टी छोडेको विज्ञप्तीमा उल्लेख छ ।  
प्रदेश समितिको मंगलबार बसेको बैठकले दावा तामाङलाई खेलकुद विकास समिति रसुवाको अध्यक्षमा चयन गरेको थियो । उनी तत्कालिन नेकपा माओवादीका हुन् ।

पार्टी परित्याग गरेका कार्यकर्ताले नेकपा रसुवाका अध्यक्ष कर्णेल लामाले राजिनामा नदिँदासम्म आफुहरु पार्टीमा नफर्कने बताएका छन् । उनीहरुले पार्टी एकीकरण पश्चात पार्टी अध्यक्ष लामाले भातृसंगठनहरूमा तत्कालीन माओवादीलाई मात्र अवसर दिएको उनीहरुले आरोप लगाएका छन् । आफ्ना माग सुनुवाई नभए धुन्चेमा आन्दोलन गर्ने चेतावनी विज्ञप्तीमार्फत दिएका छन् ।