मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ८ बुधबार १६:३१:००
Read Time : < 1 मिनेट
समाचार

देउवा निवासमा कांग्रेस शीर्ष नेताहरूको छलफल जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ८ बुधबार १६:३१:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक विवाद समाधानमा जुटेको छ । महाधिवेशनको मिति घोषणा, सदस्यता सम्बन्धी विधानको धारा निलम्बन र विभाग संख्या थप जस्ता विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विवाद रहँदै आएको छ । 

विवाद समाधानका लागि कांग्रेसका शीर्ष नेताहरूको बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा सुरु भएको छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता  पौडेल, कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेता सहभागी रहेको स्रोतले जानकारी दिएको छ । 

भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गरेर शनिबार(माघ ४) मा स्वदेश फर्किएपछि पौडेलले सभापति देउवासँग छलफल सुरु गरेका हुन् । 

यसअघि २७ पुसमा सभापति देउवाले पौडेल र सिटौला पक्षसँग छलफल गरेका थिए ।