मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ८ बुधबार १५:४१:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश ३ को नाम र राजधानीप्रति राजपाको आपत्ति

Read Time : < 1 मिनेट
२०७६ माघ ८ बुधबार १५:४१:००

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का जिल्ला कमिटिले प्रदेश ३ को नाम र राजधानीको विषयमा आपत्ति जनाएका छन् । 

राजपाका काठमाडौं, भक्तपुर र काभ्रे जिल्ला कमिटिहरूले हाल कायम गरिएको नाम बागमती र राजधानी हेटौंडाप्रति आपत्ति जनाएका हुन् । 

उनीहरूले नाम नेवाः तामसालिङ र राजधानी काभ्रे हुनुपर्ने माग गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए । 

बुधबार नयाँ पत्रिकासँग कुरा गर्दै महासचिव झाले भने, ‘राजपाका काठमाडौं, भक्तपुर र काभ्रेका जिल्ला कमिटिहरूले प्रदेश ३ को हाल कायम गरिएको बागमती नाम र राजधानी हेटौंडाप्रति आपत्ति जनाएका हौं ।’  

विविधतायुक्त समाजमा आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, दलित, पिछडावर्ग, अल्पसंख्यक, सिमान्तकृत जातजाति तथा अन्य समुदायहरुको पहिचान सहितको संघीयताको मूल मर्म र भावनामा ठेस पुग्नेगरी नाम र राजधानी कायम गरिएको राजपाले जनाएको छ ।

प्रदेश ३ सरकारले २७ पुस ०७६ मा राजधानी हेटौंडा तथा प्रदेशको नाम बागमती प्रदेश नामाकरण गरेको थियो ।