Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
पानोरामा रिसोर्टमा ज्यान गुमाउनेका आफन्त रामकुमार ।
२०७६ माघ ८ बुधबार १४:४२:००
Read Time : > 1 मिनेट
समाचार

दामन घटना : ‘हिटर माग्दा ग्यास हिटर जोडियो’ 

Read Time : > 1 मिनेट
२०७६ माघ ८ बुधबार १४:४२:००

मनवानपुरको दामनस्थित एभरेस्ट पानोरामा रिसोर्टमा मंगलबार ज्यान गुमाउनेका आफन्तले होटलको लापरवाहीका कारण घटना भएको बताएका छन् । 

स्तरीय होटल खोज्ने क्रममा त्यहाँ पुगेको र सामान्य मापदण्डसमेत नभएको होटलमा बास बस्दा साथी तथा आफन्तको अकालमै ज्यान गएको छुट्टै कोठामा रहेका तिनका आफन्त राम कुमारले नयाँ पत्रिकालाई बताए । 

रामकुमारले होटलमा अत्यावश्यक सामान्य सुविधासमेत नभएको भन्दै होटल व्यवस्थापनमाथि प्रश्न उठाए । उनले भने, ‘होटलमा सामान्य हिटर पनि छैन, यस्तो जाडोमा ग्यास हिटर जोडेर सुत्नुपर्ने बाध्यता थियो, जसका कारण निस्सासिएर हाम्रो मान्छेको ज्यान गयो ।’

शनिबार छुट्टी मनाउन रामकुमारसहित १५ जनाको परिवार दक्षिण भारतको केरलाबाट नेपाल आएका थिए । ग्यास हिटर बालेर सुतेकै कारण चार बालिबालिकासहित दुई दम्पतीको निसास्सिएर मृत्यु भएको थियो । 

मृतकमध्ये ३९ वर्षीय प्रवीणकृष्ण नायर, उनकी श्रीमती ३४ वर्षीया शरजया, चार वर्षीया छोरी भद्र, ६ वर्षीया अर्की छोरी अर्चा र छोरा छन् । सो घटनामा ३९ वर्षीय रञ्जित कुमार, उनकी श्रीमती ३१ वर्षीया इन्दु रञ्जित, दुई वर्षीय छोरा वैष्णभको पनि निसास्सिएर मृत्यु भएको थियो । चारै परिवारले फरक फरक कोठा बुक गरे पनि होटलमा हिटरको व्यवस्था नहुँदा दुई परिवार एकै कोठमा सुतेका थिए ।  

घटना प्रवीण कृष्ण नायरले बुक गरेको कोठा नम्बर १११ मा भएको हो । जहाँ चिसोका कारण छोरा आत्तिएपछि ११२ नम्बर कोठा बुक गरेका रन्जित कुमार छोरा र श्रीमतीसहित प्रवीणको कोठामा सुत्न पुगेका थिए । १५ जनामध्ये वैष्णव सबैभन्दा कम उमेरका हुन् । १११ नम्बरको कोठा सानो छ । जसमा खुला ठाउँमा जोड्न उनीहरुले अग्लो ग्यास हिटर जोडेका थिए । 

स्तरीय होटल खोज्ने क्रममा हामी एभरेस्ट पुगेका थियौं : प्रत्यक्षदर्शी राम कुमार 

हामी चार परिवार मिलेर १८ जनवरी २०२० को साँझ नेपाल आएका थियौं । नेपालमा वनभोजसहित रमाइलो गर्ने हाम्रो उद्देश्य थियो । 

१८ तारिखमा हामी आउँदा साँझ भएकाले काठमाडौंमै बस्यौं । भोलिपल्ट पोखरा गएर उतै बस्यौं । पोखराबाट दामन आइपुगेका थियौं । स्तरीय होटल खोज्ने क्रममा हामी दामनस्थित होटल एभरेस्ट पानोरोमा पुग्याैं।

बच्चासहित हामी चार परिवारले होटलका चार वटा कोठा बुक गरेका थियौं । खाना खाएर कोठामा पुग्दा त्यस्तै ११ः३० बजेको थियो । रुममा हिटरको व्यवस्था थिएन, इलेक्ट्रिक बेडले पनि राम्रोसँग काम गरेन । 

चारमध्ये एक परिवारको बच्चा सानो थियो । दुई वर्षीय छोरा वैष्णव चिसोले आत्तिन थालेपछि उनका बुवा (रञ्जित कुमार)ले  होटल व्यावस्थापनसँग कोठामा हिटर जोड्न आग्रह गरे । होटलले हिटर बिग्रेको जवाफ दियो । ग्यासबाट चल्ने ठूलो हिटर जो खुला ठाउँमा मात्र प्रयोग गरिन्छ, त्यो ल्याएर कोठ नम्बर १११ मा जोडिदियो ।

त्यसवेला रातको १२ बजिसकेको थियो । १११ नम्बर कोठामा  पहिल्यै एक परिवारका पाँच जना सुतेका थिए । चिसोले छोरा आत्तिएपछि ११२ मा बसेका प्रवीण कृष्ण उनकी श्रीमती र दुई वर्षे छोरा वैष्णव पनि १११ मै गएर सुते ।

हामी अरू दुई परिवार ११३ नम्बर कोठा र ११४ नम्बर कोठामा सुत्यौं । भोलिपल्ट बिहान ८ बजे होटलले कफी पठायो, कफी पिउन उनीहरूलाई उठाउन जाँदा ढोका खुलेन । बाहिरबाट मैले उनीहरूलाई बोलाएँ, तर आवाज आएन । 

होटलको व्यवस्थापनको सहयोगमा कोठा खोलेर हेर्दा आठै जना बेहोस थिए । हामीले हेलिकप्टर झिकाएर उद्धार गर्याैं, तर बचाउन सकेनौं ।

हाम्रा साथी र बालबालिकाको ग्यास हिटरकै कारण निसास्सिएर मृत्यु भएको हो । यस विषयमा छानबिन होस् ।