Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ८ बुधबार १३:४६:००
Read Time : > 1 मिनेट
विश्व

साउदीका राजकुमारद्वारा जेफ वेजोसको मोबाइल ह्याक र पत्रकार खसोग्गी हत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ८ बुधबार १३:४६:००

विश्वकै धनाड्य एवं अमेजनका मालिक जेफ वेजोसको मोबाइल सन् २०१८ मा ह्याक भएको थियो । साउदी अरेबियाका राजकुमार क्राउन प्रिन्सको नाममा दर्ता भएको नम्बरबाट पठाइएको म्यासेजले वेजोसको मोबाइल ह्याक भएको दाबी गरिएको द गार्जियनले जनाएको छ ।

मोहम्मद बिन सलमानको नामबाट प्रयोग गरिएको नम्बरमार्फत मोबाइललाई हानी गर्न सक्ने भिडियो फाइल पठाएर ह्याक भएको संयुक्त राष्ट्र संघको अनुसन्धानले देखाएको हो । वेजोसको मोबाइलबाट साउदीका उत्तराधिकारी मोहम्मद बिन सलमानसँग कुरा भइरहेका बेला ह्याक भएको संयुक्त राष्ट्र संघ डिजिटल फोरेन्सिकको विश्लेषण छ ।

ह्याक भएपछि जेफ वेजोसको मोबाइलबाट अति गोप्य तस्बिर बाहिरिएका थिए । सन् २०१३ मा वशिंगटन पोष्ट किनेका जेफ वेजोसको मोबाइल ह्याकको घटनाले ठूलो तरंग मच्चाएको थियो । गत वर्ष वाशिंगटन पोष्टका स्तभकार जमाल खसोग्गीले साउदि अरेबियाका राजकुमार सलमानको आलोचना गरेका आर्टिकल महिनैपिच्छे वाशिंगटन पोष्टले प्रकाशित गरेको थियो । 

पहिलो स्तम्भमै उनले आफु अपहरणमा पर्ने त्रासमा रहेको बताएका थिए । सन् २०१८ को २ अक्टोबरका दिन उनी टर्कीको स्तानबुल स्थित साउदीको वाणिज्य दुत कार्यालयमा आफ्नो डिर्भोसको प्रमाण दिन गएका थिए । टर्कीकी ह्याटिस सेन्जेजसँग बिहे गर्नका लागि उनी डिर्भोस प्रमाणित गर्न गएका थिए । खस्सोगी भित्र छिरेपछि सेन्जेजले करिब १० घण्टा सम्म बाहिर कुरेकी थिइन् तर उनी बाहिर आएका थिएनन् । 

त्यसपछि खसोग्गीको रहस्यमय हत्या भएको घटना बाहिरीएको थियो । हत्यामा साउदी राजकुमारको संलग्नता हुने सक्ने टिका टिप्पणी भएका थिए । 

यो सब घटना हुनु पूर्व सन् २०१८ को १ मेमा जेफ वेजोस र साउदि राजकुमारले ह्वाट्सएप नम्बर साँटसाट गरेको जनाइएको छ । जेफ वेजोसको मोबाइलबाट सार्वजनिक भएका गोप्य म्यासेज र तस्बिरहरुले उनको सम्बन्ध अमेरिकी मिडिया प्रसनालिटी लरेन सञ्चेजसँग भएको देखिएको थियो ।

जुन समाचार विभिन्न अन्र्तराष्ट्रिय समाचारमाध्यमले प्रकाशित गरेका थिए । वेजोसले त्यसपछि अमेरिकन मिडिया इंकलाई आफ्नो गोप्य तस्बिर सार्वजनिक गरेर व्लेकमेल गर्न खोजेको आरोप लगाएका थिए ।

उनको यो घटना अनुसन्धानतर्फ मोडिएकै क्रममा २५ वर्ष वैवाहिक सम्बन्धमा बसेका वेजोस दम्पतीको डिभोर्स भएको थियो । वेजोसले ‘वाशिंगटन पोष्टको कभरेजमा पुगेका शक्तिशाली मानिसहरुको शत्रु बनेकाे’ टिप्पणी गरेका थिए । 
आफ्नो मोबाइल कसरी ह्याक भयो भनेर खोज्न वेजोसले व्यक्तिगत अन्वेषक राखेका थिए । उनले साउदिबाट मोबाइल ह्याक भएको पुष्टि गरेका थिए । 

यद्यपी साउदीबाट कस्ले र कसरी ह्याक गरियो भनेर भने उनले बताएका थिएनन् । खस्सोगीको हत्याबारे अनुसन्धान गरिरहेको टोलीले नै वेजोसको मोबाइलको फोरेन्सिक विश्लेषण गरेको हो ।

जस्ले विभिन्न डाटाहरु समेटेर पठाइएको भिडियो फाइलले जानकारी चोर्न मद्दत गरेको देखिएको छ । गत वर्षको नोबेम्बरमा फेसबुकको म्यासेजिङ्ग एप ह्वाट्सएपले ‘भिडियो फाइलमाफर्त लक्षित व्यक्तिको मोबाइलमा कोड रन गराएर डाटा चोर्न सक्ने समस्याको सामाधान गरेको बताएको थियो ।’

यद्यपी ह्वाट्सएपले ‘वेजोसको मोबोइल यसरी ह्याक गरिएको कुनै पनि प्रमाण आफुसँग नरहेको’ भन्दै कुनै पनि प्रतिकृया जनाएको छैन । यस दाबीले पत्रकार खस्सोगीको रहस्यमय हत्या प्रकरणमा साउदीका भावी राजा सलमानको क्रियकलापबारे अझैं थप प्रश्न उठ्ने देखाएको छ ।

उनले घटनामा आफ्नो कुनै संग्लनता नभएको दाबी गरेका छन् । खस्सोगी हत्यामा संलग्न आरोपमा पक्राउ परेका ५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो । साउदी अरेबियाको अमेरिकी राजदुतावासले ‘यो दाबी तर्कहिन रहेको र यस प्रकरणमा अनुसन्धान गरेर तथ्य सार्वजनिक गर्ने’ भन्दै ट्वीट गरेको छ ।

एजेन्सीकाे सहयाेगमा ।