Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ ८ बुधबार ०९:०१:००
Read Time : > 1 मिनेट
खेलकुद

प्रदेश सांसद मनाङेले  मञ्चमै कुटे आयोजकलाई

Read Time : > 1 मिनेट
२०७६ माघ ८ बुधबार ०९:०१:००

गण्डकी प्रदेशका डन पृष्ठभूमिका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै जिल्ला फुटबल संघ कास्कीका अध्यक्षलाई कुटेका छन् । पोखरामा मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी मनाङेले प्रतियोगिताका काेषाध्क्षसमेत रहेका मिलन गुरुङलाई कुटेका हुन् । उद्घाटन समारोह सुरु हुँदै गर्दा आयोजकले सांसद मनाङेलाई आसनग्रहणका लागि मञ्चमा बोलाएलगत्तै  गुरुङमाथि आक्रमण गरेका थिए । उनले सुरुमा छातीमा समातेर धकेले । त्यसपछि खुट्टामा लात्तीले हाने र अनुहारमा एक मुक्का प्रहार गरे । त्यसक्रममा मनाङे र गुरुङबीच भनाभन भएको थियो । 

प्रतियोगिताको उद्घाटनस्थलमा प्रतियोगिताकै काेषाध्यक्ष कुटिँदा नजिकै रहेका प्रहरी मूकदर्शक बनेका थिए । घटनाको करिब पाँच मिनेटपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ मञ्चमा पुगेका थिए । तर, उनले घटनाबारे कुनै प्रतिक्रिया जनाएनन् । प्रतियोगिताको उद्घाटन उनले नै गरेका थिए । प्रतियोगितामा सहभागी आफ्नो गृहजिल्ला मनाङका खेलाडीलाई आवास र अभ्यास गर्ने मैदान उपलब्ध नगराएको भन्दै मनाङेले गुरुङलाई झापड हानेको बताएका छन् । मंगलबार साँझ नयाँ पत्रिकासँग कुरा गर्दै उनले आफूलाई पटकपटक ढाँटेकाले सबक सिकाउन चड्काएको प्रतिक्रिया दिए । ‘प्रतियोगितामा सहभागी हुन टोलीहरूलाई १ माघदेखि नै बोलाइएको छ । तर, होटेल खर्च दिएको छैन ।

अभ्यासका लागि समेत मैदान उपलब्ध छैन’ उनले भने, ‘मैले पहिले उनलाई सम्झाउने प्रयास गरेको हुँ । तर, हामीलाई झुक्याउने काम गरेपछि मैले झापड हानेको हुँ ।’ कुटाइ खाएका प्रतियोगिता गुरुङले भने नियमविपरीत काम गर्न सांसद मनाङेले दबाब दिएको र त्यसो नगर्दा आफूलाई कुटेको बताए । ‘एन्फा र खेलको अन्तर्राष्ट्रिय नियमअनुसार पनि प्रतियोगिता सुरु हुनु एक दिनअघि र सकिएको एक दिनपछि सम्म मात्रै खेलाडी र अफिसियललाई आवासीय सुविधा दिने व्यवस्था छ । तर, अर्कै प्रतियोगितामा सहभागी हुन १ माघमै कास्की आएको मनाङेको गृहजिल्लाको टोलीलाई सोही दिनदेखिको आवासीय सुविधाको रकम दिन उहाँले भन्नुभएको थियो,’ गुरुङले थपे, ‘नियमअनुसार दिन नमिल्ने हुँदा मैले दिन सकिनँ । त्यसैले ममाथि कुटपिट भयो ।’

मनाङेविरुद्ध प्रहरीले उजुरी लिएन
जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिकस्थलमै कुट्ने सांसद मनाङेविरुद्धको उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । कुटपिटको घटनालाई लिएर उजुरी दिन मंगलबार बेलुका आयोजकको एक समूह जिल्ला प्रहरी कार्यालय पुगेको थियो । तर, राति भइसकेकाले उजुरी दर्ता गर्न नमिल्ने भन्दै प्रहरीले उनीहरूलाई फर्काएको थियो ।आसनग्रहणका लागि मञ्चतर्फ उक्लँदै गर्दा सांसद मनाङेले गुरुङमाथि कुटपिट गर्न थाले । उनले सुरुमा छातीमा समातेर धकेले । त्यसपछि खुट्टामा लात्तीले हाने र अनुहारमा एक मुक्का प्रहार गरे ।